रासायनिक मल बालीनालीलाई किन आवश्यक छ ? गाउँगाउँमा प्रचार अभियान



चितवन । बालीनालीका लागि आवश्यक खाद्यतत्व र माटोको उर्वराशक्ति वृद्धि गर्ने बहुतत्वयुक्त गैरअनुदानको मलबारे कृषकलाई बुझाउन अभियान थालिएको छ ।
कृषकलाई मलको अभावबाट मुक्त गराउन र जमिनको उर्वराशक्ति बढाइ उत्पादन वृद्धि गर्न सरकारी स्वीकृतिमा साल्टटे«डिङ कर्पोरेशन लिमिटेडले बिक्री गरिरहेको उक्त मलको विशेषता बुुझाउन गाउँगाउँमा अभियान थालिएको हो ।
हाल बिक्री शुरु भएको गैरअनुदानको रासायनिक मल अहिलेको अनुदानको मलभन्दा थप प्रभावकारी भएकाले कृषकलाई चेतना दिन अभियान थालिएको साल्टटे«डिङ कर्पोरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । उक्त अभियान अन्तर्गत आजसम्म करीब ३०० किसानलार्ई भेटेर सो विषयमा जानकारी गराइएको छ ।
अभियान अन्तर्गत मल प्रयोग भएको बालीको समेत स्थलगत निरीक्षण र अनुगमन गर्ने तथा अवस्था बुझ्ने काम जारी छ । मल प्रयोग गर्ने एक कृषकको अनुभव अर्को कृषकलाई सुनाउने कामसमेत भइरहेको कर्पोरेशनका कर्मचारी विकास अधिकारी बताउँछन् । अहिलेसम्म जिल्लाका ५० वटा सहकारीमा पुगेर जानकारी दिइसकिएको छ ।
कृषि मन्त्रालयको मल विभागमा लामो अनुभव लिनुभएका मल सम्बन्धीका जानकार भगवान खतिवडा कर्पोरेशनले बिक्री गरिरहेको मल बोटबिरुवा र मोटोका लागि फाइदाजनक भएको बताउँछन् । सरकारी अनुदानको मल अभाव हुने भएकाले आपूर्ति सहज बनाउन र बोट बिरुवाका लागि चाहिने खाद्यतत्वको मात्रा बढी भएकाले गैर अनुदानको मल प्रभावकारी रहेको उनको भनार्इ छ ।
“यसले माटोको उर्वराशक्ति बढाउँछ र खाद्यतत्व बढी भएकाले उत्पादनसमेत बढाउँछ,” उनले भने ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठ युरिया डिएपीमा छुट्टै सल्फर हालिरहनुपर्ने भएकाले यो मलमा भने त्यही मिसिएर आएकाले छुट्टै हाल्नु नपर्ने बताए । साल्ट टे«डिङले अघिल्लो वर्षबाट उक्त मल बिक्री गर्न शुरु गरेको हो । एसएसपीको प्रति बोरा मलको मूल्य ९६५ रुपैयाँ पर्छ भने एमोनियम सल्फेटको एक हजार ३९० पर्छ ।
हालसम्म एसएसपी मल तीन हजार ६६५ बोरा र एमोनियम सल्फेट दुई हजार ८७८ बोरा बिक्री भैसकेको छ । विगतमा तोरीमा प्रयोग गरिएको उक्त मलले उत्पादनमा बृद्धि गरेको साल्ट टे«डिङले जनाएको छ । रासस


क्लिकमान्डु