नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा बाराको निजगढमा



काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले बाराको निजगढ नगरपालिका स्थित निजगढ बजारमा शाखा खोलेको छ ।

पर्साको वीरगञ्ज लिंकरोडमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.(साबिकको एस डेभलपमेण्ट बैकं लि.) स्थित शाखालाई बाराको निजगढमा स्थानान्तरण गरिएको हो ।

२५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । महेन्द्र राजमागअन्तर्गत पथलैया र चन्द्रनिगाहपुरको बीचमा पर्ने निजगढलाई सरकारले स्मार्ट सिटी बनाउने भनिएको क्षेत्र पनि हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।

ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई ३ अर्ब ७६ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र निजी क्षेत्रको बैंक भएको प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु