अमेरिकामा एक नेपालीको हत्या, यस्ता घटना किन दोहोरिरहन्छन् ?



वासिंटन डीसी । अमेरिकाको राजधानी वासिंटन डिसी नजिकैको भर्जिनिया राज्यको हरण्डनमा एक नेपालीको हत्या गरिएको छ ।

स्थानीय समयअनुसार बुधबार विहान करिब २ बजे स्थानीय सुनोको ग्यास स्टेशन(पेट्रोल पम्प)मा काम गर्ने नेपाली रेशम बजगाईँलाई एक लुटेराले हत्या गरेको प्रहरीले जनाएको छ ।

नेपालमा चितवन घर भएका ४० बर्षीय रेशम बजगार्इँलाई लुटपाट गर्न आएका एक व्यक्तिले पम्प मै रहेको उपकरणले हिर्काएर हत्या गरेका हुन् ।

मृतक बजगाईँ सेप्टेम्बर २०१७ मा मात्र अमेरिका आएका बताइएको छ । बजगाई आफ्नी श्रीमति र पाँच बर्षीय छोरीको साथमा बस्दै आएका थिए । घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

लुटेरा समूहले नेपालीहरुको हत्या गर्ने घटना अमेरिकामा बारम्बार हुँदै आएको छ । विशेष गरी ग्यास स्टेशन(पेट्रोल पम्प)मा काम गर्ने नेपालीहरुको हत्या हुने गरेको छ ।


क्लिकमान्डु