हकप्रद सेयर बिक्री गर्न बोलकबोल प्रक्रियाबाट आवेदन माग



काठमाडौं । कुमारी बैंकले बोकलबोल प्रकृया (गोप्य शिल्ड टेन्डर) द्वारा हकप्रद सेयर बिक्री गर्न आवेदन माग गरेको छ ।

बैंकले संस्थापक समूहतर्फ ५ लाख १९ सय २१ दशमलव ६९ कित्ता तथा सर्वसाधारण सेयरतर्फ ६ लाख ३९ हजार ४ सय ५२ दशमवल ८१ कित्ता गरी ११ लाख ४१ हजार ३ सय ७४ दशमलव ५० कित्ता सेयरको लागि आवेदन मागेको हो ।

सेयर खरिद गर्न इच्छुक व्यक्ती, संघ संस्थाले यही असार २९ गते भित्र आवेदन बुझाउनु पर्नेछ । आवेदन कुमारी बैंकको प्रधान कार्यालय, दरबारमार्ग, शाखा कार्यालय नेपालगञ्ज, सुर्खेत, धनगढी, बीरगञ्ज, बिराटनगर, बुटबल, पोखरामा बुझाउन सकिनेछ ।

साथै एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं र लगनखेल ललितपुरमा पेश गर्न सकिनेछ ।

बोलपत्रहरु सम्पूर्ण संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा संकलन भएपछि मात्र खोलिने मिति, समय, स्थानबारे जानकारी खुलाइने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनलाईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।


क्लिकमान्डु