नेप्सेका प्रमुख साउद सहित एक दर्जन अधिकारीको पद गुम्ने



 


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको पद गुम्ने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले पूर्ववर्ती देउवा सरकारले भदौ १४ गते देखि फागुन ३ सम्म गरेका सबै नियुक्ती खारेज गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले सो बेला गरिएका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एव्म सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यो निर्णय कार्यान्वयन हुने भएपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको पद जान्छ । उनी असोज २३ मा नियुक्त भएका थिए । उनको नियुक्ती आर्थिक चलखेलको आधारमा भएको आरोप थियो ।

यसरी नियुक्ती खारेज हुनेमा पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी युवराज भुषाल समेत छन् । तत्कालिन प्रमुख डा. गोविन्द पोखरेल चुनाव लड्न गएपछि देउवा सरकारले भुषाललाई नियुक्त गरेको थियो ।

यस्तै गोरखापत्रका महाप्रवन्धक बसन्तप्रकाश उपाध्याय,दुरसंचार प्राधिकरणका महाप्रवन्धक दिगम्बर झाको नियुक्ती समेत खारेज हुन्छ ।


क्लिकमान्डु