सांग्रिला डेभलपमेन्ट बैंकले गर्योे वृक्षारोपण



काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नै क्रममा काठमाण्डौ.म.न.पा. वडा नं. ४ र पी.डी.एस.एस. संस्थासँगको सहकार्यमा आज बुधबार ”सडक पेटी हरियाली कार्यक्रम” अन्तर्गत बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौको क्षेत्र वरपरको सडक पेटीमा वृक्षारोपण गरेको बैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको यो कार्यको सराहना गर्दै सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिन आग्रह गरे ।

सो अवसरमा प्रदेश नं. ३ का सभासदहरु दीपक निरौला र नारायणबहादुर सिलवाल, एस विकास बैंकका सञ्चालक उज्ज्वल सत्याल एवम् प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल लगायत विकास बैंकका कर्मचारीहरु, का.म.न.पा. वडा नं. २, ४ र ९ का वडा अध्यक्षज्युहरुर पी.डी.एस.एस. संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल लगायत अन्य सदस्यहरुबाट वालुवाटार क्षेत्रको सडक पेटीमा करीब १०० वटा रुख वृक्षारोपण गरिएको बैकका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।


क्लिकमान्डु