चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित



काठमाण्डौ । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएका छ ।

सो पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराजमणि पोखरेलद्वारा असार १९ गते नाष्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरेका हुन् ।

अनुसन्धानकर्ताहरु प्रा. डा. मुकेशकुमार चालिसे, प्रा. डा. रजनी मल्ल, डा. रामकुमार अधिकारी तथा प्रा. डा. अमरप्रसाद यादवलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत पुरस्कृत गरिएको हो ।

कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसंगको भेटमा बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरी यस क्षेत्रको विकासमा योगदान पुर्याउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ ग्रहण गरेकोमा आभार प्रकट गरेका थिए । पुरस्कारको राशी प्रति व्यक्ति वा संस्था १ लाख २५ हजार रुपैयाँ रहेको छ ।

नास्टद्वारा आयोजित उक्त समारोहमा २३ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो ।


क्लिकमान्डु