प्रदेश ४ को १४ मा तत्काल ७,७३६ सवारी आवश्यक



काठमाडौं । सरकारले सार्वजनिक यातायाको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि भन्दै पहिलो चरणका राजमार्ग तथा सहायक सडकको रुट अध्ययन थालेको छ ।

यातायात व्यवस्था विभागले प्रदेश १–५ सम्मका प्रमुख राजमार्ग तथा सहायक सडकको रुट अध्ययन सम्पन्न गरेको छ । यसमा विभागले प्रदेश ४ को १४ वटा राजमार्ग तथा सहायक सडकको रुट अध्ययन सम्पन्न गरेको छ ।

विभागले विश्व बैंकको आर्थिक सहयोगमा सडकको रुट अध्ययन गरेको हो । विभागले गरेको रुट अध्ययनमा कुन रुटमा कति सवारीको आवश्यकता, कस्ता सवारी, यात्रुको संख्या, सडकको अवस्था सहित समावेश गरेको छ ।

विभागले गरेको रुट अध्ययनमा अहिले तत्कालको अवस्थामा आवश्यक सवारी, सवारीको किसिम र यात्रुको आगमन हुन सक्ने संख्या समेत तय गरेको छ । साथै अध्ययनमा पाँच, १० र १५ वर्षपछिका लागि पनि आवश्यक सवारी, सवारीको किसिम र यात्रुको संख्या पनि अनुमान गरेको छ ।

विभागले गरेको रुट अध्ययन प्रतिवेदनमा प्रदेश नम्बर ४को डुम्रे–आबुखैरेनी, आबुखैरेनी–मुग्लीन, पोखरा–डुम्रे, स्याङजा–पोखरा, वालिङ–स्याङजा, गल्याङ–वालिङ, गल्याङ–रामदी र बाग्लुङ–बेनीलार्य राजमार्ग रहेको छ ।

यसैगरी विभागले गरेको रुट अध्ययनमा आबुखैरेनी–गोरखा, बेशी शहर–चामे, डुम्रे–वेशी शहर, वेनी–जोमसोम, पोखरा–कुश्मा, कुश्मा–बाग्लुङलाई सहायक सडक छन् ।

सरकारले गरेको रुट अध्ययनमा तत्कालको अवस्था, पाँच, १० र १५ वर्षपछि आवश्यक सवारीको संख्या र सवारीको किसिम समते तय गरेको छ । जसमा प्रदेश ४ मा तत्कालको अवस्थमा सात हजार सात सय ३६, सन् २०२३ मा पुग्दा आठ हजार नौ सय ३१, सन् २०२८ मा आइपुग्दा आठ हजार चार सय ७० र सन् २०३३ मा आइपुग्दा आठ हजार नौ सय ५२ वटा सार्वजनिक सवारी आवश्यक पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तैगरी, विभागले गरेको रुट अध्ययन प्रतिवेदनमा तत्कालको अवस्थमा सार्वजनिक सवारीका यात्रा गर्नेदेखि १५ वर्षपछि यात्रा गर्ने अनुमानित यात्रुको संख्यापनि उल्लेख गरेको छ । प्रदेश नम्बर ४ मा तत्कालको अवस्थामा १ लाख ४१ हजार तीन सय ९९, सन् २०२३ मा पुग्दा प्रदेश नम्बर ४ मा एक लाख ७९ हजार दुई सय ९७, सन् २०२८ मा पुग्दा १ लाख ६१ हजार ६ सय ६५ र सन् २०३३ मा आइपुग्दा १ लाख ७४ हजार ८ सय ९९ यात्रुले यी साजमार्ग तथा सहायह सडक मार्फत सार्वजनिक यातायातमा यात्र गर्ने रुट अध्ययन रिपोर्टमा उल्लेख छ ।


क्लिकमान्डु