राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुँदै



काठमाडौं । नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ ।

मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगीता तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालका विभिन्न मौलिक खेलको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजनामा उक्त कार्यक्रम आगामी साउन ११ र १२ गते हुनेछ । कार्यक्रम काठमाडौंको बसुन्धारा स्थित चन्द्रविन्दु स्कुलमा हुनेछ । उक्त बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ । उक्त कार्यक्रममा २ सय ५० जना सम्मको सहभागिता रहने अपेक्षा आयोजकका रहेको छ ।

उबाघचाल प्रतियोगितामा सहभागिताका आवेदन समेत खुल्ला भइसकेको छ । २०७५ साल साउन २ गते साझँ ५ः०० बजे सम्म आएको आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइने छ । म्याद नाघी आएको आवेदन मान्य नहुने आवेदकले जनाएको छ । आवेदन शुल्कको रुपमा प्रतियोगिले १५० रुपैयाँ शसुल्क बुझाउने पर्नेछ । उक्त कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् । उक्त कार्यक्रमका प्रथम, दास्रो र तस्रो हुने विजेता क्रमसः ५५००, ३५०० र २५०० रुपैंयाका साथै शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

यसका साथै उक्त कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याएका पूर्व खेलाडीलाई सम्मान समेत गरिने छ । सम्मानितहुने खेलाडीमा पूर्व राष्ट्रिय खेलाडीहरु क्रमशंः राम्जी प्रसाद बज्रचार्य ( कराँते, दिपक बिष्ट ( तेकवान्दो, बिनोद दास ( क्रिकेट ,सारादेबी तामाङ ( ब्याडमिन्टन (नेपालआर्मी ), दिपक महर्जन–बक्सिग, आङ बाबु लामा –ऊशु ,भरत शाह( भलिबल (नेपालपुलिस ) ,ममता चौधरी ( महिला क्रिकेट (सशत्रप्रहरी बल), जितबहादुर केसी ( एथलेटिक्स , तारा देबी पुनमगर ( भारत्तोलन, रञ्जना धामी–प्यारा ओलम्पिक (अपाङ्ग) र सोम बहादुर सुनुवार ( प्यारा ओलम्पिक (अपाङ्ग) रहेका छन् ।


क्लिकमान्डु