सेयर बजारलाई कति पेलिरहने सरकार ?




दुई वर्षअघि दैनिक करिब २ अर्बको नियमित कारोबार हुने बजार अहिले मुस्किलले २० करोडको कारोबारमा खुम्चिएको छ । सेयर बजारलाई नाफाको बिजनेस देख्ने सरकारले कर बढाएर अझ बढी नाफा असुल्छु भन्दा नियमित उठ्ने राजस्व पनि गुमेको छ ।

सरकारको निश्चित राजस्व गुम्दा सर्वसाधारणको खबौं रुपैयाँको साँवा नै डुब्ने खतरा बढेको छ । तर, सरकार र मातहतका निकाय डुब्न लागेर गुहार माग्दै गरेका लगानीकर्ताको हातको औंठा समातेर कालोधन होइन भन्ने ब्यहोराको तमसुकमा ल्याप्चे सहीछाप गराउनमा व्यस्त छन् ।

आर्थिक मामिलामा विज्ञ मानिएका अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री भएको केही दिनमा नै बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिए । अन्तर्वार्तामा सेयर बजारबारे उनको टिप्पणीलाई लिएर सामाजिक सञ्जाल लगायतमा उनको चर्को आलोचना भयो ।

उनको बोलीलाई अनेक प्रकारले समाचारको हेडलाइन बनाइँदा सेयर बजारमा झनै नकारात्मक प्रभाव प¥यो । त्यसपछि फेरि उनले विराटनगरमा सेयर बजार घट्नु कुनै आश्चर्य नभएको अभिव्यक्ति दिए । त्यसलगत्तै बजारमा सर्किट बे्रक (कारोबार रोक्नुपर्ने) लाग्ने गरी ५२ अंकभन्दा बढीले बजार तल खस्कियो ।

त्यस दिन बजार माग र आपूर्तिका आधारमा वा कुनै कम्पनीको प्रतिसेयर आम्दानी घटेर खस्किएको थिएन । कुनै कम्पनी टाट पल्टेको समारचारले पनि होइन । मात्र अर्थमन्त्रीको अभिव्यक्ति नै हो । किनभने जसरी सेयर मूल्य घट्यो, त्यो स्वभाविक होइन ।

एकपटक मदर टेरिसाले भनेकी थिइन्, ‘मलाई हिंसा विरुद्धको ¥यालीमा नबोलाऊ, म आउँदिन तर शान्तिका लागि ¥याली हो भने म आउँछु ।’ त्यसैले म नकारात्मक छैन भन्नु र म सकारात्मक छु भन्नुमा पनि अन्तर छ । नकारात्मक छैन भन्नु सकारात्मक छु भनेको होइन ।

अझै पनि उनले सेयर बजारप्रति म सकारात्मक छु भन्न सक्दैनन् । खाली सेयर बजारप्रति नकारात्मक छैन मात्रै भन्छन् । यसमा नै उनको नियत प्रष्ट हुन्छ । एकपटक मदर टेरिसाले भनेकी थिइन्, ‘मलाई हिंसा विरुद्धको ¥यालीमा नबोलाऊ, म आउँदिन तर शान्तिका लागि ¥याली हो भने म आउँछु ।’ त्यसैले म नकारात्मक छैन भन्नु र म सकारात्मक छु भन्नुमा पनि अन्तर छ । नकारात्मक छैन भन्नु सकारात्मक छु भनेको होइन ।

कम्पनीको हैसियत नहेरी उसलाई एफपीओ निकाल्न दिने हो भने धितोपत्र बोर्डले माफी माग्नु पर्छ । बुटवल पावर कम्पनीको सेयर प्रिमियम सहित ५ सय १ रुपैयाँमा निष्कासन गर्न अनुमति दिइयो । आजका दिनमा सो कम्पनीको मूल्य ४ सय ३६ रुपैयाँ छ । एफपीओपछि कम्पनीले ५०१ मा सेयर किन्नेलाई बोनशका रुपमा २० रुपैयाँ फिर्ता ग¥यो । बोनश सेयरसम्म दिएको भए हुन्थ्यो तर नगद फिर्ता गर्नलाई जनताबाट नगद किन उठाउनुप¥यो ? त्यो पनि २५ गुणा बढी ।

कम्पनीको प्रिमियम स्वीकृति दिँदा धितोपत्र बोर्डले केका आधारमा ग¥यो ? प्रश्न अनुत्तरित नै छ ।

कम्पनीको हैसियत नहेरी उसलाई एफपीओ निकाल्न दिने हो भने धितोपत्र बोर्डले माफी माग्नु पर्छ । बुटवल पावर कम्पनीको सेयर प्रिमियम सहित ५ सय १ रुपैयाँमा निष्कासन गर्न अनुमति दिइयो । आजका दिनमा सो कम्पनीको मूल्य ४ सय ३६ रुपैयाँ छ ।

क्रान्तिको धङधङ्गीबाट आएका डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयर बजारलाई जुवा घर हो भनेर दिएको अभिव्यक्ति उनका लागि नै अहिले ‘बुम¥याङ’ बन्न पुगेको छ । आपैmंले संसद्मा सेयरमा कर लगाउन नहुने कुरा गरेर चोख्याउने प्रयास पनि गरे । तर उनलाई लगानीकर्ताले सकारात्मक मान्दैनन् ।

अर्थमन्त्रीले भनेका छन्, ‘मलाई कुनै कम्पनीको मुल्य घट्यो भन्नेसँग सरोकार छैन, तर यदि पुँजी निर्माणका लागि आइपीओ आह्वान गर्दा लगानी भएन भने त्यो मेरो लागि चिन्ताको विषय हो ।’

अर्थमन्त्रीज्यू ! विदेशी साझेदार रहेको एनएमबी बैंक मात्र होइन सरकारी स्वामित्वको नेपाल बैंकको एफपीओमा लगानीकर्ताले करिब शून्य चासो दिएका छन् । तपाईंको इच्छा पनि अब पूरा भएको छ । पुँजी निर्माणका लागि आह्वान गर्दा पनि लगानीकर्ता अब आउन चाहेनन् । के अब पनि पुँजी बजारबारे नबोल्ने हो ?

चीन, जापान, अमेरिकालगायत कयौं देशमा पुँजी बजारप्रति सरकार निकै संवेदनशील पाइन्छ । बजारमा कुनै नकारात्मक असर पर्ने देखिए सरकार स्वयमले रेस्क्यु फण्ड प्रयोग गरेर बजार खस्किनबाट जोगाएको पाइन्छ । तर नेपालमा अबौं लगानीको सेयर बजार केही व्यक्तिका लागि ठट्टा गर्ने विषय बनेको छ ।

अर्थमन्त्रीज्यू ! विदेशी साझेदार रहेको एनएमबी बैंक मात्र होइन सरकारी स्वामित्वको नेपाल बैंकको एफपीओमा लगानीकर्ताले करिब शून्य चासो दिएका छन् । तपाईंको इच्छा पनि अब पूरा भएको छ । पुँजी निर्माणका लागि आह्वान गर्दा पनि लगानीकर्ता अब आउन चाहेनन् । के अब पनि पुँजी बजारबारे नबोल्ने हो ?

लगानीकर्ताले सोचेर, सम्झेर मात्रै राम्रा कम्पनीमा लगानी गर्नुपर्छ भन्ने वर्तमान अर्थमन्त्रीले अभिव्यक्त गरेका कुरा यथार्थभन्दा बाहिरको होइन । तर सेयर बजारमा बैंकको ब्याज गणना भए जस्तो प्रतिफल मात्रै गणना गरेर लगानी गरिँदैन । यसमा जोखिम हुन्छ नै । बैंकको ब्याज खाए जस्तो ढुक्क त कुनै पनि उत्पादनमूलक कम्पनीमा लगानी गर्दा पनि हुँदैन ।

बजार भनेको अर्थतन्त्र कता जाँदैछ भन्ने कुरा मापन गर्ने ऐना पनि हो । कम्युनिष्टहरूले बहुमतका साथ शासन गर्न पाएको पहिलोपटक हो । सेयर बजारलाई स्वभाविक चल्न दिने भन्ने हो भने पटकपटक कालोधन लगायतका कुरा ल्याएर बजार किन प्रभावित पारिन्छ ?

अर्को कुरा अर्थमन्त्रीको दोस्रो बजारमा लगानी रहेनछ । उहाँको सम्पत्ति विवरणले त्यही भन्छ । तर सेयर बजारमा रहेका जति सबै पुँजीपति वर्गका केही व्यक्ति मात्रै हुन् भन्ने उनको कुरा भ्रम हो । लाखौं जनताको लगानी रहेको बजार बिचौलियाको मात्रै होइन ।

कर्मचारी सञ्चय कोषमा तलब काटिएर जम्मा भएको रकम हालेका लगानीकर्ताको सेयर रकम कालो होइन, गास कटाएर जम्मा गरेको रकम सेयरमा लगानी गरेका हुन् । जलविद्युत् लगानी तथा विकास कम्पनीमा जनताले गरेको लगानीमा कालोधन होइन, पछि केही हुन्छ भन्ने भरोसा हो । नेपालका केही व्यक्तिले स्वीजरल्याडको स्वीस बैंकमा रकम जम्मा गर्दा अत्तोपत्तो नपाउने सरकारले १० कित्ता सेयर किन्ने ग्राहकलाई केवाइसी फारममा पाँच ठाउँ औंठा छाप लगाउन बाध्य बनाएको छ ।

अर्थमन्त्रीको दोस्रो बजारमा लगानी रहेनछ । उहाँको सम्पत्ति विवरणले त्यही भन्छ । तर सेयर बजारमा रहेका जति सबै पुँजीपति वर्गका केही व्यक्ति मात्रै हुन् भन्ने उनको कुरा भ्रम हो । लाखौं जनताको लगानी रहेको बजार बिचौलियाको मात्रै होइन ।

निर्वाचनमा वाम गठबन्धनको जितसँगै खस्केको पुँजी बजारमा लगानीकर्ताको मनोबल उठ्न अझै सकेको छैन ।

नेपालको सन्दर्भमा पुँजी बजार मात्र यस्तो ठाउँ हो, जहाँ स–सानो पुँजी जम्मा भई अर्बाैंको बैंक स्थापना हुन सक्छ । ती बैंकको लगानीबाट हजारौं मेगावाट विद्युत् निकाल्न सम्भव छ । यही पुँजी परिचालन गर्ने सेयर बजारका लगानीकर्ताको मनोबल घटाएर कुन खालको राष्ट्रिय पुँजी निर्माण हुन्छ सरकार ?

सरकार सेयर बजारबारे सकारात्मक बन्न नसकेको भन्ने टिप्पणी भइरहँदा कतिपयले के अर्थमन्त्री वा प्रधानमन्त्रीले सेयर बजार घटाउने वा बढाउने हो र भन्ने प्रश्न गरेको पनि पाइन्छ । पक्कै पनि सरकार वा सरकारका अर्थमन्त्रीले सेयर बजार बढाइदिने वा घटाइदिने होइन । तर प्रधानमन्त्री जस्तो व्यक्तिले सेयरबारे हल्का टिप्पणी गर्ने र अर्थमन्त्रीले सेयर बजार अझै घट्छ भन्दै भाषण गर्दै हिंड्नु हुन्छ र ?

अब रह्यो नियमक निकाय धितोपत्र बोर्ड र नेप्सेको कुरा । सेयर बजार एक हजार अंक पुग्दा त्यसको खुसीयाली भन्दै केक काटेको धेरै समय भएको छैन ।

जलविद्युत् लगानी तथा विकास कम्पनीमा जनताले गरेको लगानीमा कालोधन होइन, पछि केही हुन्छ भन्ने भरोसा हो । नेपालका केही व्यक्तिले स्वीजरल्याडको स्वीस बैंकमा रकम जम्मा गर्दा अत्तोपत्तो नपाउने सरकारले १० कित्ता सेयर किन्ने ग्राहकलाई केवाइसी फारममा पाँच ठाउँ औंठा छाप लगाउन बाध्य बनाएको छ ।

सेयर बजार अलिकति उभो लाग्दा विज्ञप्ति निकालेर संयमित हुन आग्रह गर्ने गरेको पनि लगानीकर्ताले देखेकै हुन् । तर अहिले सेयर बजारमा ६५० भन्दा बढी अंकको लगातार कमी आउँदा पनि लगानीकर्ताको मनोबल उकासिने गरी एक शब्द खर्चिन नचाहनु आपैंmमा एउटा रहस्यात्मक कुरा हो । धितोपत्र बोर्डले सेयर बजार नियन्त्रणका लागि पटकपटक कालोधनको त्रास देखाएर लगानीकर्ता तर्साएकै हो ।

अबौं रुपैयाँको नाफा विदेशिन दिने सरकारी निकायले जनताले घाटामा पनि पुँजीगत लाभकर तिरेर गर्ने सेयरको कारोबारलाई कालो देख्ने उनीहरुको मनस्थिति के हो भन्ने बुझिनसक्नु छ ।

अहिले नेपालको अर्थतन्त्र सकारात्मक छ । आगमी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हुने कुरा सरकारको प्रक्षेपक्षमा छ । राष्ट्र बैंकले पनि सोही अनुसारको मौद्रिक नीति ल्याउँछौं र त्यो आर्थिक वृद्धि सम्भव छ भनिरहेको अवस्था छ । मुलुकमा अहिले लोडसेडिङ छैन । आद्योगिक क्षेत्रको लोडसेडिङ समेत अब सदाका लागि अन्त्य भएको छ । सरकार स्थीर हुने अपेक्षा छ ।

सेयर बजार अलिकति उभो लाग्दा विज्ञप्ति निकालेर संयमित हुन आग्रह गर्ने गरेको पनि लगानीकर्ताले देखेकै हुन् । तर अहिले सेयर बजारमा ६५० भन्दा बढी अंकको लगातार कमी आउँदा पनि लगानीकर्ताको मनोबल उकासिने गरी एक शब्द खर्चिन नचाहनु आपैंmमा एउटा रहस्यात्मक कुरा हो ।

यस अवस्थामा पुँजी बजारको वृद्धिको अपेक्षा हुनु स्वभाविक हो । तर अहिले लगातार बजार ओरालो लाग्दा लगानीकर्ता निराश छन् । कारोबार गर्नेले बैंकबाट ऋण पनि अवश्य लिएको छ । मार्जिन कलका कारण उनीहरूको निद हराम भइरहेको अवस्था छ । २० खर्बको पुँनीबजार ६ खर्बले तल झरेर १४ खर्ब भन्दा तल आइपुगेको छ । यस्तो अवस्थामा बजारलाई रेस्क्यु गर्नु सरकारको दायित्व होइन र ? लोक कल्याणकारी राज्य भनेको जनतालाई दण्डित गर्ने मात्रै होइन । जनताको सम्पत्तिको रक्षा गर्नु पनि उसको दायित्व हो ।


क्लिकमाण्डू