मेगा बैंक र रिलयान्स लाइफ इन्सोरेन्सबिच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । मेगा बैंक र रिलायन्स लाइफ इन्सोरेन्स बिच बैंकास्योरेन्स सम्झौता भएको छ । मंगलबार मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज क्षेष्ठ र रिलायन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात मेगा बैंकका देश भर रहेका शाखाबाट रिलायन्स लाइफइन्स्योरेन्समा जीवन बीमा गर्न पाइने छ ।

यस बाहेक मेगा बैंकबाट रिलायन्स इन्सोरेन्सको प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतका सेवा समेत उपलब्ध हुने जनाईएको छ ।

सम्झौता पश्चात यस अघि नै बीमा गरेका र अब नयाँ बीमा गर्नेहरुलाई बैंकले थप सुविधा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।


पुष्प दुलाल