एनएमबी बैंक र क्यान्सर अस्पतालबीच सम्झौता



काठमाण्डौ । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।

सम्झौतामा बैंकमा चिफ बिजनेश अफिसर सुदेश उपाध्याय र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । संझौता अनुसार एनएमबी भिजा डेबिट तथा एनएनबी क्रेडिट कार्ड प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिनिङ, रेडियोलोजी, प्रयोगशाला र बेड शुल्कमा १० प्रतिशत र रेडियशन थेरापीमा ७ प्रतिशत छुट गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।


क्लिकमान्डु