वर्षापछि पोखराबाट हुने उडान अवरुद्ध, यात्रु अलपत्र



पोखरा । बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् ।

पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।

आइतबार पोखराबाट काठमाडौँका लागि छवटा मात्र उडान भएको थियो । दैनिक पोखराबाट जोमसोमका लागि सातदेखि आठवटा, काठमाडौँका लागि २२ वटा र भरतपुर र भैरहवाका लागि एक\एकवटा उडान हुने गरेको छ । उडान अवरुद्ध हुँदा पोखरामा दैनिक आठ सयदेखि एक हजारसम्म यात्रु समस्यामा पर्ने गरेका छन् । रासस


क्लिकमान्डु