पहिरोमा परी रोल्पा तीनको मृत्यु, कृष्णभीरमा पनि पहिरो, दाङमा बस खोलाले बगायो



काठमाण्डौ । पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ ।

रोल्पा प्रहरीका अनुसार रुन्टिगढी गाउँपालिका–५ सोइबाङमा आज बिहान ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थल मै मृत्यु भएको छ ।

यसैबीच, पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ ।

लु १ ख २३४३ नम्बर जीप पहिरोले पुरेको धादिङ जिल्ला प्रहरी प्रमुख डम्बरबहादुर विकले जानकारी दिए । समय मै जीपको उद्धार हुँदा कुनै मानवीय क्षति नभएको प्रहरी प्रमुख एसपी विकले बताए ।

यसैबीच, दाङ जिल्लामा पनि बाढीले बस बगाएको समाचार प्राप्त भएको छ । बबई गाउँपालिका–५ मा रहेको ट्वाँङ खोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको दाङ प्रहरीले जनाएको छ ।

बसमा रहेका दुई जनालाई तत्कालै उद्दार गरी बसलाई नदीको किनारमा ल्याएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु