हाम्बानटोटा बन्दरगाह चीनसँग व्यापारिक सम्झौतामात्र भएको श्रीलंकाको दाबी



श्रीलंकामा चीनले निर्माण गरिदिएको बन्दरगाह पुन :चीनले नै सञ्चालनका लागि लिएपछि श्रीलंका चीनको आर्थिक उपनिवेश बनेको टिप्पणी भईरहेको थियो ।

यही समयमा श्रीलंका सरकारले चीनलाई हस्तान्तरण गरेको हाम्बानटोटा बन्दरगाहमा चीनसंग भएको सम्झौता व्यापारीक भएको बताएको छ ।

चीनले ९९ वर्षका लागि उत्त बन्दरगाह सञ्चालन गर्ने छ । चीनले बन्दरगाह संञ्चालन गर्ने बताएसंगै हिन्द महासागर क्षेत्रमा चीनिया सैन्य उपस्थिीती पनि बाक्लीन अनुमान गरिएको छ ।

तर, श्रीलंकाले चीनसंगको बन्दरगाह सम्झौतामा सैन्य अभ्यास र गतिविविधिको विषयमा सम्झौता नभएको बताएको छ । चीनले उक्त बन्दरगाह व्यापारीक प्रयोजनका लागि मात्रै प्रयोग गर्ने श्रीलंकाले बताएको छ ।

श्रीलंकाका अनुसार श्रीलंकन नेभी सैनिक नै बन्दरगाह सुरक्षार्थ रहने हुँदा हिन्द महासगार क्षेत्रमा कुनै प्रकारको चीनिया सैन्य गतिविधि नहुने बताएका छन् ।

न्युयोर्क टाईम्समा केही समय अगाडी प्रकाशित समाचारमा चीन र श्रीलंकाबिच भएको सम्झौतामा सैन्य अभ्यास गर्ने सम्झौता भएको पनि उल्लेख गरिएको थियो ।

समाचारको खण्डन गर्दै श्रीलंकाका बन्दरगाह मन्त्रीले चीनसंग व्यापारीक सम्झौता बाहोक अरु कुनै विषयमा सम्झौता नभएको स्पष्ट पार्दै उनले आफ्ना छिमेकी देशलाई ढुक्क रहन आग्रह गरेका छ् ।


क्लिकमान्डु