चिकित्सा शिक्षा विधेयकमाथि गगनको टिप्पणीः दलाल पुँजीपति र नोकरशाही अर्थतन्त्र जोगाउने विधेयक


काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले सरकारले दलाल पुँजीपति र नोरशाही अर्थतन्त्र जोगाउने गरेर चिकित्सा शिक्षा विधेयक ल्याएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कांग्रेस सांसद् थापाले भने, ‘मेडिकल कलेज खोल्ने नाममा दलाल पुँजीपतिलाई रक्षा गर्ने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागिएका हो ?’

कांग्रेसका सांसद् थापाले कम्युनिष्ट सरकारको पालामा कम्युनिस्ट पार्टीको सरकार भएका बेला दलाल पुँजीपतिको रक्षा गर्न नोकरशाही अर्थतन्त्रको विकास गरिनु दुखद भएको बताए ।

गाउँगाउँमा स्वास्थ्य सुविधा पुर्याइनुपर्ने र मेडिकल शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा गोविन्द केसीका मागको सम्बोधन गर्न सरकारसँग आग्रह पनि गरे ।

Skip This