असार २२ गते घलेम्दी हाइड्रोको आइपीओ निष्काशन हुँदै




काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडले साधारण शेयर(आईपीओ) असार २२ गतेदेखि निष्काशन गर्ने भएको छ । आईपीओ निष्कासन बन्द छिटोमा साउन ४ र ढिलोमा साउन २० गते हुने घलेम्दी हाइड्रो लिमिटेडले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

आयोजना प्रभावित क्षेत्र म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिकाको बासिन्दाहरुको निमित्त ५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागिएको हो । पहिलो चरणमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका स्थानीय बासिन्दाले आईपीओ भर्न पाउने छन् ।

न्युनतम ५० देखि अधिकतम २ हजार ७ सय ५० कित्तासम्म आईपीओ भर्न पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक भिवोर क्यापिटल लिमिटेडले जनाएको छ । सो प्रयोजनको लागी दरखास्त साथ प्रति साधारण शेयर १०० रुपैंयाको दरले भुक्तानी गर्नु पर्ने व्यवस्था रहेको भिबोर क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले निर्माण गरिरहेको ५ मेगावाटको घलेम्दी आयोजनाबाट आउदो असोज १५ देखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ पर्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख, आयोजना प्रभावित स्थानीयबासिन्दाको १० प्रतिशत अर्थात ५ करोड ५० लाख र सर्वसाधारणको २० प्रतिशत अर्थात ११ करोड रुपैयाँ लगानी हुने जनाइएको छ ।


क्लिकमान्डु