कामना सेवा विकास बैंकको साधारण सभा असार ३२ गते



काठमाडौं । कामना सेवा विकास बैंकको एघारौं वार्षिक साधारण सभा असार ३२ गते हुने भएको छ ।

बैंक सञ्चालक समितिको असार १० गते बसेको बैठकले साधारण सभा गर्ने मिति तय गरेको प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

साधारण सभाको मिति तय भएकाले शेयर दाखिला बन्द गर्ने निर्णय पनि भएको छ ।

बैंकले नेपाल स्टक एक्सचेञ्जमा असार १७ गतेसम्म कारोबार भई असार २४ गते भित्र बैंकको शेयर क्यापिटल एन.एम.बी. लिमिटेड नागपोखरी १, नक्साल शाखामा नामसारी भएका लगानीकर्ताले मात्र साधारण सभामा सहभागी हुन पाउने प्रमुख कार्यकारी अधिकृत काफ्लेले बताए ।


क्लिकमान्डु