ज्योति विकास बैंकले खोल्यो गल्छीमा शाखा



 

काठमाण्डौ । ज्योति विकास बैंक लि.ले धादिङ्गको गल्छी गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । गल्छी गाउँपालिका वडा नं ७ गल्छी बजारमा रहेको उक्त शाखाको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमका उद्घाटन गरेका छन् ।

सो अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले गल्छीमा शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बैंकको प्रगतिको कामना गरे । बैंकका अध्यक्ष खड्काले ज्योति विकास बैंक आधुनिक बैकिङ्ग सेवा देशै भरी विस्तार गर्ने क्रममा रहेको र व्यवसायिक दृष्टिकोणले गल्छीमा शाखा ल्याएको बताएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघु कर्जादेखि ठूला औद्योगिक कर्जा प्रवाह गर्दै आएको बताए ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको र यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा बताइएको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको तथा हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।


क्लिकमान्डु