नयाँ बानेश्वरमा खुल्यो महालक्ष्मी विकास बैँकको शाखा



काठमाण्डौ । महालक्ष्मी विकास बैँक लि. ले काठमाडौं महानगरपालिका वडा नम्बर १०, नयाँँ बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा बैँकको ७२ औँ शाखा हो । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढी रहेको बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

बैंकद्वारा प्रकाशित बिज्ञप्तिमा महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी २ अर्ब ६३ करोड रहको र बैंकले चैत्र मसान्तसम्म २५ अर्ब ११ करोड निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको उल्लेख गरिएको छ ।


क्लिकमान्डु