दूध खाँदै हुनु हुन्छ ? २३ कम्पनीको दूधमा कोलिफर्म जीवाणु भेटियो !



काठमाण्डौ । कृषि मन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि(जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमूना मध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको हो । त्यसमा पनि २३ वटा कम्पनीको दूधमा मलमुत्रमा पाइने कोलिफर्मका जिवाणु फेला परेको छ । मन्त्रालयका अनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान सहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको हो ।

दूधमा कोलिफर्म जीवाणु भेटिएका डेरी निम्नानुसार छन् :
१. आधुनिक डेरी बालाजु
२. गल्फु विनायक डेरी काभ्रे
३. आकृति दुग्ध तथा कृषि बालकोट (अनमोल),
४. जयश्री डेरी काभ्रे (अपर्ण)
५. भक्तपुर डेरी भक्तपुर (भक्तपुर)
६. चौधरी डेलिसियस मिल्क एन्ड वेभरेज (एचडीआई नीलोररातो)
७. हिमालय डेरी लगनखेल (डेली यूएचटी)
८. दुग्ध विकास संस्थान (डीडीसी)
९. एचडी मिल्क एन्ड वेभरेज काठमाडौं (गोधूलि)
१०. कान्तिपुर फ्रेस मिल्क (रातो र नीलो)
११. नवप्रभात डेरी गोदावरी (नवप्रभात)
१२. नेपाल डेरी धापाखेल (एन्डिज)
१३. कन्ट्री फुड प्रालि भक्तपुर (नोभा)
१४. राजधानी डेरी काठमाडौं (आरडीसी)
१५. सुजल डेरी थानकोट (सफल)
१६. संजीवनी डाइटी उद्योग भक्तपुर (संजीवनी)
१७. शिवम् डेरी भक्तपुर (शिवम)
१८. सीताराम डेरी कीर्तिपुर (कृष्ण),
१९. हिमालय डेरी प्रडक्ट लगनखेल (टुडे)
२०. तुलसा डेरी प्रालि काठमाडौं (तुलसा)
२१. संयुक्त डेरी पाटनको (एस)
२२. कालिका डेरी भक्तपुर (कालिका)
२३. जगदम्बा डेरी, भक्तपुर

तर, सामूहिक कृषि डेरी बालाजुको उत्पादन (सुलभ रातो र नीलो प्याकेट) र भक्तपुरको खरिपाटी डेरीको उत्पादन (गायत्री) मा भने कोलिफर्म भेटिएको छैनन् ।

के हो कोलिफर्म ?
कोलिफर्म रातो रगत भएका मानिस, चौपाया र चराचुरुंगीको दिसामा पाइन्छ । यो दर्जन बढी ब्याक्टेरियाहरूको समूह हो । कोलिफर्म मुख्य तीन प्रकारका हुन्छन् इकोलाई, फेकल र टोटल । दूधमा भेटिएको कोलिफर्म कुन प्रकारको हो भनेर केन्द्रीय प्रयोगशालामा वर्गिकरण नगरिने बुझिएको छ ।


क्लिकमान्डु