लक्ष्मी इन्टरकन्टीनेन्टलले ल्यायो ह्युण्डाई इलाइट आइट्वान्टी



काठमाडौं । नेपालको लागि ह्युण्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले हालसालै बहुप्रतिक्षित इलाइट आइट्वान्टी २०१८ फेसलिफ्ट नेपालमा ल्याएको छ ।

ह्युण्डाईको सबैभन्दा रुचाइएको यो मोडलले आफ्नो फिचरहरुमा गरेको मुख्य अपग्रेड गरेको जनाएको छ । यो फेसलिफ्ट मोडल स्टोपोटेज र आस्टा भ्यारियन्टमा उपलब्ध छ ।

नयाँ इलाइट आइ ट्वान्टी २०१८ फेसिलेट उही फ्रन्ट ग्रील भएको क्यासकेड डिजाइनका साथ आएको छ । यसको कुना तर्फ पूरै तन्कीएको छ फग् एवं हेडल्याम्पहरुका साथै डिआरएलस पनि अपग्रेड गरिएको छ ।

यसको पछाडि पट्टि, लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा सारिएको छ । बजारको हालको मागलाई मध्यनजर गरेर परिवर्तनहरुलाई झट्ट हेर्दा नदेखिने गरी बनाइएको छ ताकि ब्राण्डको पहिलेदेखि रुचाइएको स्वरुप र प्रिमियम आवरणलाई उजार गर्न सकियोस् ।

सुरक्षाको मापदण्ड अनुरुपमा एबिएस र एअरब्याग यसको दुइटै भेरियन्टमा उपलब्ध छ भने आस्तामा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेको लागि अझ राम्रो टच् भएको यसको इन्फोटेन्मेन्ट सिस्टम ७ इन्चमा अपग्रेट भएको छ ।

यसले कारप्ले,एन्ड्रोएड अटो र मिरर लिङको को माध्यमबाट आर्कमेयस साउण्ड र स्मार्टफोनसँग कनेक्ट भएर सिनेमाको अनुभूति प्रदान गर्छ, जुन ह्युण्डाईबाट अपेक्षित रहेको छ ।

सन् २००९ मा स्थापित भएदेखि, लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो ग्राहकहरुलाई उच्च स्तरीय र झनझट मुक्त सेवा प्रदान गर्दै आएको छ । आजको दिनसम्म आइपुग्दा लक्ष्मी ह्युण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जालको मद्दतले नेपालभरि नै आफ्नो बलियो पकड जमाउन सक्षम भएको छ ।


क्लिकमान्डु