इयूबाट बाहिरिएपछि बेलायती अर्थ व्यवस्थामा देखिदैछ नकारात्मक असर



काठमाण्डौ । युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेको बेलायतको अर्थव्यवस्थामा नकारात्मक असर देखा पर्न थालेको छ । बेलायती कम्पनीहरु लगानीलाई लिएर सचेत हुन थालेका छन् ।

बेलायतको प्रोपटी बजारमा निकै कम व्यापार भईरहेको छ । सन् २०१६ मा इयुबाट बाहिरिने विषयमा भएको जनमत संग्रहसंगै बेलायतको आर्थिक बृद्धि पनि सुस्ताएको थियो ।

बेलायत सन् २०१९ मार्च २९ सम्म इयुबाट पूर्णरुपमा अलग हुनेछ । इयुसंगको सम्बन्ध बिच्छेदपछि उसले इयुसंग कस्तो सम्बन्ध बनाउने भन्ने अझै अनिश्चत नै छ । यस बाहेक एअर बस जस्ता ठूला कम्पनीले बेलायत त्याग्ने बताईरहेका छन् । एअर बसको बेलायत स्थित कम्पनीमा १४ हजार मानिस काम गर्दै आएका छन् ।

सन् २०१६ सम्म बेलायतको अर्थ व्यवस्था तीब्र गतिमा बृद्धि भइरहेको थियो । सन् २०१८ को पहिलो तीन महिनामा बेलायती अर्थतन्त्रमा ०.१ प्रतिशत मात्रै बृद्धी देखिएको छ । यो बृद्धी दर पछिल्ला पाँच वर्षमा सबैभन्दा कम हो ।

यसबाहेक बेलायती मुद्रा पाउण्डमा पनि गिरावट आएको छ । सन् २०१६ को जनमत संग्रहपछि पाउण्डको अन्तर्राष्ट्रिय दरमा १५ प्रतिशतले गिरावट आएको छ ।


क्लिकमान्डु