स्वदेश फिर्ता भए प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।

प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका हुन् ।

प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए ।रासस


क्लिकमान्डु