यसरी सार्वजनिक भयो टिभिएस एस्अपाचे आरटिआर



काठमाडौं । विश्वव्यापी दुई पांग्रे र तीनपांग्रे सवारी साधनहरुको निर्माता टिभिएस् मोटर कम्पनीले नयाँ टिभिएस् अपाचे आर टिआर २०० ४ भि नेपाली बजारमा ल्याएको छ ।

रेस इडिसन २.० नाम गरेको नयाँ अपाचे आर टिआर २०० ४ भि मा एन्टी रिभर्स स्लिप्पर क्लच प्रविधि रहेको छ । टिभि एस् अपाचे आर टिआर २०० ४ भि रेस इडिसन २.० रेसिङ इन्स्प्राएड ग्राफिक्स रहेको छ ।

रेसले प्रेरित यो प्रविधिले आर टिआर २०० ४भि ईन्जिनको रेसिङ डिएनए रहेको छ । स्लिप्पर क्लच प्रविधिले मोटरसाइकलको क्षमतालाई बढाउने र क्लच फोर्सलाई २२ प्रतिशतले घटाउने छ ।

टि.भि. एस. नेपालका कन्ट्रि म्यानेजर एस नारायण कुमार र जगदम्बा मोटरर्स का उपाध्यक्ष दिपक अग्रवाल को उपस्थितिमा यो कार्यक्रम संचालन भएको थियो ।


क्लिकमान्डु