यी हुन् प्रधानमन्त्री अ‍ोलीले चीन भ्रमणका क्रममा गरेका १० सम्झौता



काठमाण्डौ । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसंग १० वटा सम्झौतामा हस्ताक्षर गरेका छन् । संझौता भएका विषयहरु निम्नानुसार छन् :

१. चीन र नेपालबीच मैत्री पुल निर्माण गर्ने । यो सम्झौतामा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चीनका तर्फबाट विदेश मन्त्रालयका राज्यमन्त्रीले हस्ताक्षर गरेका छन् ।

२. रसुवा पुल निर्माण सम्झौता । चीन नेपालबिच भएको यो सम्झौतामा पनि नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चीनका तर्फबाट विदेश मन्त्रालयका राज्यमन्त्रीले हस्ताक्षर गरेका छन् ।

३. चीन नेपाल कर्पोरेसनका कार्यक्रम र प्रोजेक्ट । यो सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलले हस्ताक्षर गरेका छन् ।

४ रेलमार्ग निर्माण । यो सम्झौतामा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ र चीनका तर्फबाट चिनियाँ यातायात मन्त्रीले हस्ताक्षर गरेका छन् ।

५. सार्वजनिक संस्थानको अवस्था सुधारका लागि पनि चिनियाँ विदेश मन्त्रालय र परराष्ट मन्त्रालयबीच सम्झौता भएको छ ।

६. तिब्बतबाट कार्गो ल्याउन राजमार्ग निर्माण । यो सम्झौतामा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र चीनका तर्फबाट चिनियाँ यातायात मन्त्रीले हस्ताक्षर गरेका छन् ।

७. राष्ट्रिय योजना आयोगको क्षमता बृद्धि र लगानी सम्बन्धी । यो सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँपक्षबाट राष्ट्रिय विकास नियोगका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।

८. उर्जा विकास । यो सम्झौतामा नेपालका तर्फबाट उर्जा मन्त्री वर्षमान पुन अनन्त र चीनका तर्फबाट राष्ट्रिय विकास नियोगका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

९ आर्थिक तथा प्राविधिक सहयोग । यो सम्झौतामा नेपालका तर्फबाट यो सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ पक्षबाट चिनियाँ राष्ट्रिय विकास नियोगका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।

१०. मानव श्रोत साधन विकाससम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ पक्षबाट राष्ट्रिय विकास नियोगका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु