ट्रेड वारको तयारीमा चीन–अमेरिका



काठमाण्डौ । दुनियाँ भरका कुटनीतिज्ञका अनुसार अबको युद्ध हतियारले भन्दापनि आर्थिक कारोबार हुनेछ । अहिले अमेरिका र चीन यही अवस्थामा पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसंग ट्रेड वार सुरु गरेका छन् । उनले २ सय अर्ब डलर बराबरको चिनियाँ सामाग्रीमा १० प्रतिशत कर लगाउने बताएका छन् ।

चीनले आफ्नो रवैयामा परिवर्तन नगरे नयाँ कर प्रणाली लागु गर्ने चेतावनी ट्रम्पले दिएका छन् । उनका अनुसार चीन गएका केही वर्षदेखि अमेरिकासंग असमान व्यापार गर्दै आएको छ ।

चीनको असमान व्यापार नीतिका कारण अमेरिकालाई घाटा भईरहको र चीनलाई फाईदा भइरहेको ट्रम्पले दाबी गरेका छन ।

यसअघि पनि ट्रम्पले चिनियाँ सामाग्रीमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । अमेरिकाले चिनियाँ सामाग्रीमा कर लगाएपछि ५० अर्ब डलर मूल्य बराबरका ६ सय ५९ वटा अमेरिकी उत्पादनमा करको असर पर्ने बताएको थियो । चीनमा धेरै अमेरिकी कम्पनीले आफ्नो वस्तु उत्पादन गर्ने गर्छन ।

अमेरिकाले कर लगाएमा चीनका हवाईजहाज, टर्बाइन र अन्य व्यापारिक डिश वासर जस्ता उत्पादनमा असर पर्ने बताईएको छ ।

यस बाहेक चीनलेपनि अमेरिकाको ३४ अर्ब डलर बरारको सामानमा कर लगाउने भएको छ । चीनले यही जुलाई ६ तारिखबाट कर लगाउने तयारी गरेको छ । चीनले कृषीसंग जोडिएका उत्पादनमा कर लगाउने बताएको छ ।

अमेरिकाले पनि यही जुलाई ६ तारिखबाट ३४ अर्ब डलर बराबरका चिनियाँ सामाग्रीमा कर लगाउने बताएको छ ।

चीनले बौद्धिक सम्पतीका रुपमा लिईने डिजाईन वा उत्पादनका आईडिया ट्रान्सफरमा बन्देज लगाओस् भन्ने अमेरिकाको चाहाना रहेको छ ।

यससंगै चीन अमेरिकाबाट थप धेरै सामान आयात गर्न तयारपनि भएको छ । चीनले आयातमा बृद्धी गरेमा अमेरिकाले भोग्दै आएको वार्षिक ३ सय ३५ अर्ब अमेरिकी डलरको व्यापार घाटामा कमी आउने छ ।

चीन र अमेरिकाको व्यापारिक सम्बन्ध
सन् २०१६ मा अमेरीकाले चीनबाट ४ सय २६ अर्ब डलर भन्दा धेरै रकमको सामान आयात गरेको थियो ।

चीनले निर्यात गर्ने कुल निर्यातको १८.२ प्रतिशत अमेरिकाले खपत गर्ने गर्छ ।
सन् २००६ देखी २०१६ सम्म अमेरिकाले चिनियाँ सामाग्री आयातमा ५९.२ प्रतिशतले बृद्धी गरेको छ ।


क्लिकमान्डु