यस्ता छन् दुनियाँका उत्कृष्ट स्मार्ट सहर, हाम्रोमा कस्तो बनाउने ?




काठमाडौं । विश्वभर बर्सेनि नयाँ सहर विस्तार गरिन्छन् । पुराना सहरलाई सुधार गरेर आधुनिक सहरको रुपमा विकास गरिन्छ । नेपालमा पनि सरकारले स्मार्ट सिटी बनाउने बताईरहेको छ । सरकारले ४० वटा स्थानमा नयाँ सहर निर्माण गर्ने लक्ष्य समेत लिएको छ ।

सन् २०२५ सम्म विश्वको ५८ प्रतिशत जनसंख्या सहरमा बसोबास गर्ने बताईएको छ । प्रविधिको तीव्र विकास र प्रयोगमा सहर पनि जोडिदै गएका छन् । प्रविधिमैत्री बनेका सहरमा मानिसको चासो र रुचि पनि बढ्दो छ ।

यी हुन दुनियाका उत्कृष्ट स्मार्ट सहर
१. न्यूयोर्क सिटी, संयुत्त अधिराज्य अमेरिका
उच्च प्रविधियुक्त ट्राफिक व्यवस्थापन न्यूयोर्कको पहिचान हो । न्यूयोर्कमा उच्च प्रविधि सहितका ७ हजार ५ सयभन्दा धेरै सार्वजनिक टेलिफोन बुथहरु राखिएका छन् । यस बाहेक सहरभरी अल्ट्रा हाईस्पिड सहितको वाईफाई सुविधा छ ।

न्यूयोर्क सहरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर सहरभरी एक सयभन्दा धेरै वायु प्रदुषण देखाउने मनिटर राखिएका छन् । मौसम पूर्वानुमान र सहरको ट्राफिकको सूचना सहरवासीको मोबाईलमा पुग्छ । तिर्नुपर्ने करको सूचना पनि इमेलबाटै पाइन्छ ।

यसका अलावा न्यूयोर्क सहरले बर्सेनि ५ हजारभन्दा धेरै महिलालाई निःशूल्क शीपमूलक तालिम पनि दिने गर्छ ।

२. सान फ्रान्सिस्को, संयुत्त अधिराज्य अमेरिका
ठूलो सहरमा मानिसको संख्यासँगै सवारीसाधनको चाप पनि उच्च हुन्छ । सवारीसाधन पार्किङको पर्याप्त सुविधा पनि सहरको अत्यावश्यक माग हो । सान फ्रान्सिस्को विश्वभरका आफ्नो पार्किङ व्यवस्थापनका लागि परिचित छ । यस बाहेक सवारी साधन सेयरिङ र द्रुत गतिको इन्टरनेटका कारण सान फ्रान्सिस्को प्रख्यात छ ।

यो सहरमा खपत हुने विद्युतको ४१ प्रतिशत विद्युत सहरबाट उत्पादन भएको फोहोरबाट उत्पादन गरिन्छ । हालै मात्र त्यहाँ एक सय भन्दा धेरै चार्जिङ स्टेसन राखिएका छन् जहाँ मानिसले आफ्नो विद्युतीय सवारी साधन चार्ज गर्ने गर्छन् । सहरमा बाईक चलाउनेहरुका लागि भनेरे छुट्टै एप पनि बनाइएको छ, जसले सर्टकर्ट रुट देखाउने गर्छ ।

दृष्टीविहीन नागरिकका लागि आवाज सहितको एप्लिकेसन तयार गरिएको छ । एप्लिकेसनको सहयोगमा दृष्टीविहीनले आफू जाने ठाउँको रुट र सवारी साधनको बारेमा पत्ता लगाउन सक्छन् ।

३.लण्डन, बेलायत
लण्डन आफ्नो स्मार्ट यातायात व्यवस्थापनका कारण प्रख्यात छ । हालैका वर्षमा लण्डनले बस, रेल तथा अन्य सार्वजनिक सवारीसाधनलाई स्मार्ट प्रविधमा जोडेको छ । नागारिकको पैसा बचत गर्ने भन्दै ट्याक्सी जस्ता महंगा सार्वजनिक सवारी साधनको प्रयोगमा कमी गर्न सार्वजनिक सवारी व्यवस्थालाई चुस्त बनाएको छ ।

युरोपकै सबैभन्दा ठूलो निशुल्क वाई फाई नेटवर्क रहेको लण्डन आफ्नो प्राचिन शैलीका घरका कारण पनि चर्चित छ । अन्डरग्राउण्ड वाईफाई, स्मार्ट पार्किङ पनि लण्डनको विशेषता हो ।य स बाहोक लण्डनमा स्मार्ट सिटिज स्टडिज सेन्टर पनि छ ।

४.पेरिस, फ्रान्स
पेरिस संसारभरका पर्यटकको गन्तव्य हो । डिजिटलाईजेसन र हरियाली एकैसाथ अगाडी बढाउन सक्ने आफ्नो विशेषताका कारण यो सहर प्रख्यात छ । यस बाहेक यहाँका धेरै नागरिक सार्वजनिक सवारी साधन प्रयोग गर्न रुचाउँछन् ।

पेरिसको सरकारले रिसाईकल गरेर उत्पादन गरिएको उर्जाबाट सार्वजनिक सवारी सञ्चालन गर्ने गर्छ । यसका अलवा यहाँ बाईक सेयरिङ कार्यक्रम पनि चलाईएको छ ।

५.स्टकहोम, स्वीडेन
स्कटहोमले सन् २००९ मा इन्टिलेजेन्ट कम्यूनिटी अफ दि एअर अवार्ड जितेको थियो । युरोपियन युनियनले सन् २०१० मा यो सहरलाई युरोपको हरियो राजधानी पनि घोषणा गरेको थियो । स्कटहोम नागरिक सहभागितामा निकै अगाडी रहेको छ ।

उर्जा बचतका लागि प्रत्येक व्यक्तिले बर्षमा एक सय किलो फोहोर रिसाईकल गर्नै पर्ने हुन्छ । यहाँ दुइ हजार भन्दा धेरै सिटी बस र १ हजार लोकल रेल चल्ने गर्छन् ।

यस बाहेक यहाँका ठूला घरहरुमा मोसन सेन्सर राखिएको छ जसले मानिस नभएको समयमा स्वचालित रुपमा रुपमा बत्ति निभाउने र बाल्ने काम गर्छ । कतिपय सडकमा समेत मोसन सेन्सर सहितका लाईट जडान गरिएको छ ।

र, यो पनि
सान्डागो, दक्षिण कोरिया
सान्डागो सहरलाई स्मार्ट सहरको किङ सहर पनि भनिन्छ । यल्लो समुन्द्री तटमा रहेको यो सहर विस्तारको काम सन् २००५ मा भएको थियो । यो सहर निर्माणको लागि ३५ बिलियन डलर खर्च भएको छ ।

यो पूरा सहर एउटै सूचना प्रणालीमा जोडिएको छ । जसका कारण यो सहरलाई बाकसमा बन्द सहर पनि भनिन्छ ।

सान्डागो सहरमा उपलब्ध हरेक चिजमा इलेक्ट्रोनिक सेन्सर लगाईएको हुन्छ । घरको ताल्चादेखि घरलाई न्यानो बनाउने सबै प्रणाली एउटै कन्ट्रोल सिस्टमा जोडिएका छन् । यसबाहेक विद्यालय, अस्पताल र सरकारी कार्यालय पनि एउटै नेटवर्कमा आवद्ध हुन्छन् ।

सन् २०१५ मा निर्माण सम्पन्न गरिएको यो सहर ६५ हजार मानिस बसोबास गर्न सक्ने गरी निर्माण गरियको हो । यो सहरले तीन लाख मानसिलाई रोजगार दिने बताईएको छ ।

मास्दर, संयुत्त अरब इमिरेट्स
अरबी भाषामा मास्दरको अर्थ स्रोत हुन्छ । यो शहर आबूधाबीको मरुभूमिको मध्यभागमा निर्माण गरिदैछ । यो सहरलाई पृथ्वीमा रहेका वस्ती मध्ये सबैभन्दा लामो समयसम्म रहन सक्ने दिर्घकालिन सहरको रुपमा विकास गरिदैँ छ ।

यो सहरमा सौर्य उर्जा र वायु उर्जा प्रयोग गरिने छ । जसले प्रदुषण घटाउने छ । सवारीसाधन विहीन हुने यो सहर ६ वर्ग किलोमिटरमा फैलिएको छ ।

करिब ४० हजार मानिस बसोबास गर्ने गरि निर्माण गर्न लागिएको यो सहर सन् २०३० सम्ममा निर्माण भईसक्ने बताईएको छ ।
(अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा ।)


क्लिकमान्डु