सुन भन्दा महंगो आईसक्रिम !



काठमाडौं । तपाईं आइसक्रिम खाँदै हुनुहुन्छ भने एकछिन पर्खनुहोस् । कतै तपाई सुनको मूल्य बराबरको आईसक्रिम त खाइरहनु भएको छैन ?

हामीले दैनिक जिवनमा प्रयोग गर्ने केक, कस्र्टड, चकलेट र मिठाईलाई स्वादिलो बनाउने भ्यानिलाको उत्पादन र खेती उष्ण प्रदेशमा मात्रै हुन्छ ।

भ्यानिलाको मूल्य सुनको मूल्य भन्दा धेरै छ ।

सन् २०१७ पछि दोस्रो पटक भ्यानिलाको मूल्य प्रतिकिलो ६ सय डलर पुगेको छ । अर्थात एक किलो भ्यानिला खरिद गर्नु भनेको आजको डलर भाउ अनुसार ६५ हजार दुई सय ८३ रुपैयाँ हो ।

भ्यानिला खेती हुने स्थान मेडागास्करमा चक्रवार्ति आँधी आएका कारण भ्यानिलाको मूल्यबृद्धि भएको हो । मेडागास्करमा विश्वभर खपत हुने भ्यानिलाको तीन चौथाई भ्यानिला उतपादन हुने गर्छ ।

अहिले नेपालमा सुनको मूल्य प्रति तोला ५८ हजार दुई सय ३ रुपैयाँ रहेको छ । भ्यानिलाको बढिरहेको मूल्यका कारण कतिपय आईसक्रिम कम्पनलिे यसको प्रयोगमा कमी गरेका छन् ।

यस्ता अरु केही दैनिक प्रयोगमा आउने अरु चिज पनि छन् पनि जो निकै महंगा छन्

केशर

केशर दुनियाको सबैभन्दा महंगो मसला हो । एक किलो केशर तयार गर्नका लागि करिब डेढ लाख फूल आवश्यक पर्छ । केशर एक ग्रामको लागि २५ डलरसम्म पर्छ ।

बीबीसीका अनुसार केशर प्रतिकिलो दुई हजार डलर देखी १५ हजार डलरसम्म पर्छ । केसर आँखाको लागि निकै उपयोगी मानिनछ ।

कफी

बजारमा धेरै प्रकारका कफी उपलब्ध हुन्छन् । कोपी लुवाक नामक कफीको इन्डोनेशीया मात्रै उत्पादन गर्ने गरिन्छ । यसको उत्पादन एसियामा पाईने सिवेट बिरालोको मलबाट गरिन्छ । बिरालोलाई कफि खुवाईन्छ र त्यसको मलबाट कफी निकालिन्छ । यो कफीको मूल्य प्रतिकिलो १८ सय डलरसम्म पर्छ ।

भियाग्रा

भनिन्छ पैसाले प्रेम खरिद गर्न सकिदैन तर पनि मानिस भियाग्राका साना ट्याब्लेटमा पैसा खर्च गर्छन् । भियाग्रा सन १८८९ मा उत्पादन गरिएको थियो । फाईनान्सियल अखबारका अनुसार अमेरीकामा सन् २०१८ को सुरुवातमा मात्रै भियाग्राको मूल्यमा ३९ प्रतिशतले बृद्धि गरिएको छ । सय ग्रामको एक ट्याब्लेटको मूल्य ६० डलर देखी ८० डलर पर्छ ।

फेशियल क्रिम

कस्मेटिक बजारमा हरेक वर्ष ५ सय ३२ विलियन डलर नाफा हुने गर्छ । फेसियल क्रिम द ल मेरको ३० एम एलको बोतलको १ सय ६२ डलर पर्ने गर्छ । यस्तै अर्को एक क्रिमको ४८ ग्राम प्याकको लागि ३ सय ८५ डलर तिर्नुपर्ने हुन्छ ।

प्रिन्टरको मसी

प्रिन्टरको मसी राख्ने पुर्जा कार्टेज सस्तोमा उपलब्ध हुने भए पनि मसी भने निकै महंगो पर्छ । ४ एमएलको कालो मसीलाई २३ डलर पर्न जान्छ । यसबाट २ सय पाना प्रिन्ट गर्न सकिन्छ । एक किलो मसिका लागि १ हजार ७ सय ३३ डलर पर्न जान्छ ।


पुष्प दुलाल