विश्वकपले रुसको अर्थतन्त्रलाई कस्तो फाइदा गर्छ ?



काठमाडौं । यतिखेर रुसमा फिफा विश्वकपको २१औँ संस्करण चलिरहेको छ । विश्वभरका ३२ वटा देश विश्वकपमा सहभागी छन् । विश्वकप खेलमात्रै नभई अर्थ व्यवस्थासँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यही भएर दुनियाभरका देश विश्वकप आयोजनाका लागि हौसिने गर्छन् ।

विश्वकप हेर्न रुसमा ६ लाख भन्दा धेरै मानिस विदेशबाट पुग्ने बताइएको छ । रुसले विश्वभरका खेलाडी, पाहुना र दर्शकको स्वागतका लागि मात्रै ११ सय करोड डलर खर्च गरेको छ । यसबाट ३ हजार करोड डलर आम्दानी हुने रुसले अपेक्षा गरेको छ ।

मेकेन्जी कन्सलटेन्सीको एक रिर्पोटका अनुसार जारी विश्वकपमा रुसले पाहुनको स्वागतका लागि गरेको खर्चबाट उसको जिडिपीमा १५ सय करोड डलर फाईदा हुनेछ ।

सन् २००२ मा जापान र दक्षिण कोरिया मिलरे आयोजना गरेको विश्वकपमा दक्षिण कोरियाले मात्रै ९ सय करोड डलर आम्दानी गरेको थियो । सन् २००६ मा विश्वकप आयोजना गरेका जर्मनले १२ सय करोड डलर नाफा गरेको थियो । त्यस्तै २०१० को आयोजक रहेको दक्षिण अफ्रिकाले ५ सय करोड डलर कमाएको थियो ।

रुसले यो विश्वकप आयोजनाका लागि करिब १२ अर्ब डलर खर्च गरेको बताएको छ ।

फुटबल आयोजनको अर्को फाईदा भनेका फुटबल खेलाईने शहरको भौतिक पूर्वाधारमा सुधार हुन्छ । यातायात व्यवस्था द्रुत र सक्रिय हुन्छ । होटेल र रेस्टुरेण्टको कारोबार पनि निकै बढ्ने हुन्छ ।

विश्वकपको आयोजक फिफाले ५३ अर्ब ४० करोड डलर कमाउने अनुमान गरिएको छ । फिफाले आफ्नो आम्दानीको धेरै हिस्सा पुरस्कारमा खर्च गर्ने छ । फिफाले आफ्नो कुल आम्दानीको ८६ प्रतिशत रकम टेलिभिजन ब्रोडकास्ट राईटबाट लिने गर्छ भने बाँकी आम्दानी टिकेट, विज्ञापन र स्पोनसरबाट कमाउने गर्छ ।


पुष्प दुलाल