बेच्नै नमिल्ने यो कस्तो रेशम ?



काठमाडौं । सिल्क अर्थात रेशमका कयौँ उत्पादन र प्रकारसँग धेरै मानिस परिचित छन् ।

तर समुन्द्री रेशमको बारेमा निकै कम मानिसलाई जानकारी छ । समुन्द्री रेशमलाइ बिसस पनि भन्ने गरिन्छ । रेशमको यो प्रजाती निकै महत्वपूर्ण र कम मात्रामा पाईन्छ ।

इटालीको एउटा परिवार हजारौँ वर्ष देखि समुन्द्री रेशमको काम गरिरहेको छ । इटालीकी चियारा भिगो ६२ वर्ष की भईन उनी आज पनि समुन्द्री किनारबाट यो रेशम निकाल्ने कामगर्छिन् । बिबिसीका अनुसार समुन्द्री किनारबाट रेशम निकाल्ने उनी एक मात्र जिवित मानिस हुन् ।

समुन्द्री रेशममा सूर्यको किरण परेपछि सुन जसरी चम्किन्छ । आजभन्दा ५ हजार वर्ष पहिलो मेसेपोटामीयाको सभ्यतामा महिलाहरु राजाको कपडा बनाउन यो रेशम प्रयोग गर्ने गर्थे । ५ हजार वर्ष पहिले इजरायलका राजहरु यही रेशमबाट बनाईएको कपडा लगाउने गर्थे । मिश्रका राजाले पनि यही रेशमबाट उत्पादीत कपडा प्रयोग गर्ने गरेको इतिहास भेटिन्छ ।

भिगोले समुन्द्री रेशम संकलन गर्ने र यसबाट कडा उत्पादन गर्ने कला आफ्नी आमाबाट सिकेकी थिईन् । सुमुन्द्र भित्र हुने पिना नोबिलिस नामक जिवबाट यो रेशम निस्कन्छ ।

समुन्द्री रेशम निकाल्नको लागि समुन्द्रमा डुबुल्की लगाउनुपर्छ । भिगोले तीन वर्षको उमेरदेखि नै रेशम संकलन गर्न सिकेकी थिईन् । १२ वर्षको उमेरमा उनले रेशमबाट कपडा बनाउन समेत सिकीसकेकी थिईन् ।

उनी आज पनि समुन्द्रबाट रेशम निकाल्ने गर्छिन् । रेशम निकाल्नको लागि समुन्द्रको १५ मिटर गहिराईसम्म जानुपर्छ । ३० ग्राम रेशम जम्मा गर्नको लागि १ सय भन्दा धेरैपटक समुन्द्रमा डुबुल्की लगाउनुपर्छ ।

समुन्द्रबाट रेशम निकाल्ने काम पैसाका लागि गर्नुहुन्न भन्ने विश्वास गरिन्छ । यो विश्वास आज पनि कायम छ ।
भिगोले पनि समुन्द्री रेशमबाट आजसम्म एक पैसा पनि कमाएकी छैनन् । यो काम गर्नको लागि समुन्द्रको सपथ लिनुपर्ने हुन्छ ।
समुन्द्री रेशमबाट तयार हुने बस्तु मानिसहरुलाई बेच्न पाईदैन । प्रर्दशन भने गर्न पाईन्छ । भिगोले आफुले समुन्द्री रेशमबाट बनाएका सबै उत्पादन बिट्रीश म्युजिमयमा दिएकी छिन् । र केही भ्याटिकन सिटिमा पनि राखिएका छन् ।

उनले आफ्नै घरको नजिक एउटा स्टुडिण्यो पनि बनाएकी छिन् जसलाई हेर्नको लागि संसारभरबाट मानिस आउने गर्छन् । यो स्टुडियोमा समुन्द्री रेशमबाट कपडा बनाउने २ सय वर्ष पुरानो हाते मेसिन पनि छ ।

स्टुडियो हेर्न आउने दर्शकले दानमा दिएको रकमबाटै उनी आफ्नो गुजारा चलाउँछिन् । यस बाहेक नव विवाहित दम्पतीलाई भिगो उपहारको रुपमा समुन्द्री रेशमका स–सना टुक्रा दिन्छीन् । गर्भवती महिलालाई पनि उपहार स्वरुप समुन्द्री रेशमबाट तयार पारिएका रुमाल उपहार दिन्छीन् ।

भिगोका अनुसार समुन्द्री रेशममा कसैको अधिकार छैन । यसलाई बेच्नु भनेको सूर्य र समुन्द्रबाट नाफा कमाउनु जस्तै भएको उनी बताउँछीन् ।

समुन्द्री रेशमबाट कपडा बनाउन लमो समय लाग्छ । भिगोले ४५बाई४५ सेन्टिमिटरको सानो टुक्रा बनाउन पनि ४ वर्ष लागेको बताईन् । भिगोले बनाएको सानो टुक्रा रेशमको रुमाल किन्नको लागिजापनीज व्यापारीले उनलाई २५ लाख युरोको अफर गरेका थिए तर, उनले रेशमको सानो रुमाल संसारभरका महिलाका नाममा सर्मपित गरिन । उनले उत्त रुमालको नाम नै ‘लाईन अफ वोमन’ राखिन् ।

समुन्द्रबाट कच्चा बेसिस निकालीसकेपछि त्यसलाई २५ दिनसम्म सफा पानीमा भिजाएर राख्ने गरिन्छ । पानी हरेक तीन घण्टामा फेर्नुपर्छ । २५ दिनपछि त्यो रेशमलाई घाममा सुकाईन्छ र त्यसबाट स–सनाा रेशा निकालीन्छ । यी रेशा निकाल्न १५ दिनसम्म लाग्छ ।
समुन्द्री रेशमबाट निस्कने रेसा मानिसको कपाल भन्दा पनि पातलो हुन्छन । भिगो समुन्द्री रेशमलाई१ सय २४ वटा प्राकृतिक रंगमा परिवर्तन गर्न सक्छिन् । भिगो समुन्द्र बोट बिरुवा र फूलबाट रंग तयार गर्छिन् ।

१५ वाई ६० मिटरको सानो टुक्रा तयर गर्न पनि ४ वर्ष लाग्छ । यो सानो टुक्राको तौल लगभग दुई ग्राम हुने गर्छ । भिगोको परिवारले समुन्द्री रेशमबाट १ सय ४० वटा शैलिमा कपडा बनाउन सक्छ ।

आफ्नो परम्परा अनुसार भिगा यो सिप आफ्नी सानी छोरीलाई सिकाउने तयारीमा छिन् । भिगोको अनुसार समुन्द्रबाट रेशम निकाल्नु अगाडी खाईने सपथ नै यसको रहस्य हो । यो सपथ परिवारका महिला सदस्य बाहेक अरुलाई बताउन मिल्दैन ।


क्लिकमान्डु