प्रधानमन्त्री ओलीको हिमालय एयर मोह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको सट्टा निजी हवाई सेवा प्रदायक हिमालय एयरलाई लागि रोजेका छन् ।

ओलीको हिमालय रोजाइ यो पहिलो पटक भने होइन । यसअघि प्रधानमन्त्री हुँदा पनि ओलीले चीन भ्रमणका क्रममा हिमालय एयरलाइन्स नै रोजेको थिए ।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय उडानमा लामो अनुभव रहेको राष्ट्रिय ध्वजाबाहक सट्टा निजी हवाई सेवा प्रदायक एयरलाइन्स गरेर चीन भ्रमण जान लागेको हुन । हिमालय एयरलाइन्सका ओली निकट एक व्यवसायीको लगानी छ । ओलीले आफै क्याविनेटमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको प्रतिबद्धता उलंघन गदै निजी कम्पनीको जहाज चार्टर गरी चीन भ्रमणमा निस्कने लागेका हुन ।

मन्त्री अधिकारीले सम्भव भएसम्म सबै सरकारी भ्रमणमा नेपाल वायुसेवा निगमका जहाज प्रयोग गरिने निर्णय गरेका थिए । तर, ओलीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पन्छाएर निजी कम्पनी हिमालय रोजेका हुन ।

ओलीले आफूनिकट व्यवसायीको लगानी रहेको हिमालय एयरलाइन्सको जहाज चार्टर मात्रै हैन विमानस्थलमा शुल्क मिनाहालगायत व्यवस्था मिलाउन गर्ने समेत सरोकार निकायमा निर्देशन गरेका छन । निगम र हिमालय एयलाइन्सले चीनका कुनै पनि सहरमा व्यावसायिक उडान गर्दैनन् ।

जुन जहाज प्रयोग गरेपनि चार्टर गर्नुपर्ने बाध्यता छ । हिमालय एयरलाइन्समा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर छ भने नेपाली व्यवसायी आङछिरिङ शेर्पाको ५१ प्रतिशत लगानी छ । शेर्पाको नेपाल कम्युनिस्ट पार्टी र प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध छ ।


क्लिकमान्डु