एभरेष्ट बैंकको धनगढी शाखाले संस्कृत विद्यापीठलाई पुस्तक दियो



धनगढी । संस्थागत सामाजिक उत्तरदायित्य कार्यक्रम अन्तरगत धनगढी उपमहानगर पालिका वडा नं. १३ कैलाली गाँउ स्थित श्री निङ्ग्लासैनी गुरुकुल संस्कृत विद्यापीठ लाई आवश्यक संस्कृत तथा धार्मिक पुस्तकहरु वितरण गरेको छ ।

धनगढी उपमहानगरका मेयर नृपबहादुर वडूको प्रमुख आतिथ्यमा एभरेष्ट बैंक धनगढी शाखाको तर्फबाट शाखा प्रबन्धक यज्ञ राज तिमिल्सीना तथा कर्जा प्रमुख हिमाल भट्टराईले संयुक्त रुपमा यस विद्यापीठका विद्यार्थीहरुलाई पुस्तकहरु हस्तान्तरण गरे ।

एभरेष्ट बैंक धनगढी शाखाले यस प्रकारका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्यको कार्यक्रमहरु गर्दै आएको र भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने यस बैकका धनगढी शाखाका प्रवक्ता जनक अधिकारीले जानकारी दिए ।


पुष्प दुलाल