कार्यकाल बाँकी छँदै युनाइटेड एन्स्योरेन्सका सीइओ शेखर बरालले राजिनामा दिए



काठमाडौं । युनाइटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले पदबाट राजिनामा दिएका छन् । बरालले बुधबार सञ्चालक समितिसमक्ष राजिनामा दिएका हुन् ।

नियामक बीमा समितिले दिएका निर्देशनहरुको पालना गर्ने विषयमा सञ्चालक र सीइओबीच बिबाद थियो । सीइओ नियामकको निर्देशन अक्षरस पालना गर्नुपर्छ भन्ने पक्षमा थिए भने सञ्चालकहरु बीमा समितिलाई नै पेलेर जानुपर्छ भनेर व्यवस्थापनलाई दबाब दिइरहेका थिए ।

युनाइटेड इन्स्योरेन्सलाई नियामक बीमा समितिले पटक पटक चेतावनीसमेत दिएको थियो ।

बराल २०७२ बैशाख १७ गते ४ वर्षे कार्यकालका युनाइटेडको सीइओ नियुक्त भएका थिए । बरालसँग बीमा क्षेत्रमका दुई दशक काम गरेको अनुभव थियो ।

यस विषयमा बरालसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

बराल यसअघि लुम्बीनी जनरल र त्यसअघि सूर्या लाइफ इन्स्योरेन्सका कार्यकारी प्रमुख  थिए ।


पुष्प दुलाल