प्रदेश ७ को बजेट २६ अर्बको, उद्योगलाई कर छुट देखि करको दायरा बढाउनेसम्मका योजना



धनगढी ।  प्रदेश नं ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब सम्मको बजेट ल्याउन लागेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज ९सेजन० र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा बोल्दै मन्त्री बोहोराले ‘संघिय सरकारले उपलब्ध गराएको २१ अर्ब बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न वित्तिय क्षेत्रबाट उठाउने गरि बजेट निमार्ण गरिरहेको वताए ।

पूर्वाधार, जलविद्युत, उद्योग, कृषि लगायतलाई प्राथमिकतामा राखेर वजेट निमार्ण गरिरहेको बताउदै उनले लगानी आर्कषित गर्न कर छुट दिन लागिएको जानकारी दिए ।

मन्त्री बोहराले ‘कर’ करले भन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताए। ‘कर’ करले होईन, रहरले तिराउने हो। मेरो राज्य र सरकार हो भन्ने हेतुले कर मैत्री वातावरण वनाउँछौँ । करको दायरा होईन, करका नयाँ क्षेत्रको पहिचान गर्छौँ,’ उनले भने ।

उनले विकास र समृद्धिको आधार बर्षको रुपमा यो बजेट ल्याउन लागेको बताए। संघियता कार्यान्वयनको चरणमा वजेट आउन गालेको बताउँदै विकास र समृद्धिको आधार वर्षको रुपमा बजेटको कार्यन्वयन हुने उनले बताए कार्यक्रममा प्रदेश नं ७ का सभामुख अर्जुन बहादुर थापाले राजनितिक भन्दा आर्थिकक्रान्ती अभियानमा अगाडी बढ्नुपर्ने बताए ।

यूनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताईन् ।


क्लिकमान्डु