टोयोटाको एक्सचेन्ज मेला सम्पन्न



काठमाडौं । टोयोटाको एक्सचेन्ज मेला २०७५ सम्पन्न भएको छ । जेठ २६ र २७ गते काठमाडौंको नक्साल बेङक्वेटमा ‘टोयोटा एक्सचेन्ज मेला’ मा विभिन्न ब्रान्डका पुरानो गाडी प्रदर्शनी तथा विक्रीका लागि राखिएको थियो ।

मेलामा ग्राहकको पुरानो गाडीको सहि मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो ।

मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो । यसैगरि गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता सुविधाको पनिव्यवस्था मिलाइएको थियो ।

मेलामा विभिन्न सांगीतिक ब्याण्डको लाइभ प्रस्तुति, फूड स्टल र विभिन्न थरीका नृत्यहरु प्रदर्शन हुनुका साथै बच्चाहरुको लागि बाउन्सि क्यासटल, फेस पेन्ट लगायतको व्यवस्था गरिएको थियो ।

मेलामा २ सय जनाभन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो भने १० गाडीे एक्सचेन्ज तथा बिक्रि भएको थियो ।


क्लिकमान्डु