नियमावाली कार्यान्वयन नहुँदा हेभी इक्यूपमेन्ट अपरेटरले पाएनन अनुमतिपत्र



काठमाडौं । नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघले सवारी तथा यातायात व्यवस्था नियमावलीको आठौँ संशोधन कार्यान्वयन गर्न माग गरेको छ ।

संशोधित नियमावली कार्यान्वयन नहुँदा हेभी इक्युपमेन्ट चालकले, चालक अनुमती पत्र पाउन नसकेको संघले गुनासो गरेको छ ।

संशोधित नियमावलीले हेभी इक्यूपमेन्ट चालकको अनुमती पत्र लिन दुई वर्ष साना सवारी सधान चालउनुपर्ने व्यवस्था खारेज गरेको थियो । नियमावली संशोधन भईसकेपनि यातायत व्यवस्था विभागले अझै पनि हेभी इक्यूपमेन्टको चालकको अनुमतीपत्र लिन अझै पनि साना सवारी चालक अनुमती पत्र अनिवार्य गरेको छ ।

यसका साथै संघले हेभी इक्यूपमेन्ट चालक बन्नको लागि सिटिइभिटीबाट अनिवार्य रुपमा तालिम लिएको पमाणपत्र चाहिने व्यस्था पनि गलत भएको बताएकोछ ।

संघले आज(आईतबार) राजधानीमा पत्रकार सम्मलेन गर्दै सिटिइभिटीको प्रमाणपत्र चाहिने व्यवस्थाले हेभी इक्यूपमेन्ट अपरेटर मारमा परेको बताएको छ । संघका अनुसार अहिले देशभर २० हजारको संख्यामा हेभी इक्यूपमेन्ट अपरेटर भएपनि १ हजार जनासंग मात्रै अपरेटरको अनुमतिपत्र छ ।

विभाग र सिटिइभिटीको झण्झटीलो कानूनका कारण हेभी इक्यूपमेन्ट अपरेटर अनुमति पत्र प्राप्त गर्न नसकिएको अपरेटरको गुनासो रहेको छ ।

तर विभागले भने आफ्नो सफ्टवेर निर्माणको चरणमा रहेकाले संशोधित व्यवस्था कार्यान्वयनमा ढिलाई भएको बताएको छ । सफ्टवेर निर्माण सकिदाँसाथ संशोधित नियमावली अनुसार नै अनुमतीपत्र प्रदा गर्ने विभागले बताएको छ ।


क्लिकमान्डु