मापदन्ड विपरित नयाँ आन्तरिक विमानस्थल, यस्तो छ मापदन्ड



काठमाडौं । सरकारले विमानस्थल निर्माण मापदन्ड २०७३ भन्दा बाहिर गएर फेरि निर्माणको चरणमा रहेको विमानस्थलको वेवस्था गर्दै नयाँ विमानस्थल निर्माणमा लागेको छ ।

विमानस्थल निर्माण मापदन्ड २०७३ मा विमानस्थल निर्माण गर्दा सबैभन्दा पहिलो सुरक्षा, सेफ्टी र विमानस्थल आफै आन्तमनिर्भर हुने सक्छ वा सक्दै भने विषयमा एकिन गरेर मात्रै विमानस्थल निर्माणको प्रक्रिया थालनी हुन पर्छ ।

तर, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी कुनै अध्ययन तथा सम्भावत अध्ययन नै नगरी प्रावधिकहरुको सामान्य सुझावमा नयाँ आन्तरिक विमानस्थ निर्माणमा लागि परेका छन् ।

मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक समस्या न्यून करणका लागि काभ्रेको नागिडाँडामा नयाँ आन्तरिक विमानस्थल निर्माण प्रक्रिया थालनी गर्ने नेपाल नागरिक उड्यन प्राधिकरणलाई दबाब दिएका छन् ।

मन्त्री अधिकारी दबाबसँगै आगामी आर्थिक वर्ष २०७५/०७६ को निति तथा कार्यक्रम बजेटमा समेत काभ्रको नागिडाडाँमा विमानस्थल निर्माण थालनी गर्ने बुँदा समावेश गरेका छन् ।

तर मन्त्री अधिकारीको नयाँ योजनामा उनैले गठन गरेको विज्ञ समूहले भने पाँच वर्षसम्म नयाँ आन्तरिक विमानस्थल निर्माण नगर्ने सुझाव दिसकेका छन् ।

नयाँ विमानस्थल निर्माण मापदन्ड

विमानस्थल निर्माण योजना तर्जुमा, स्पष्ट लगानीको व्यवस्था, एकिन निर्माण अवधि र निर्माण सम्पन्न भएपछि सञ्चालनको सुनिश्चित हुनुपर्छ । यसैगरी सबैभन्दा पहिलो विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्नेहुन्छ । सम्भाव्यता अध्ययनान विमानस्थल निर्माण गरिने ठाउँमा सडक यातायातको पुग्ने ठाउँको दुरी कम्तिमा पाँच घण्टाको हुनपर्छ ।

यसैगरी जिल्ला सदरमुकाम अर्थात शहरी क्षेत्रबाट विमानस्थ निर्माण स्थल कम्तिमा २० किलोमिटर दुरी हुनपछ भने पैदल यात्राको दुरी कम्तिमा पाँच घण्टाको हुनपर्ने मापदन्डका उल्लेख छ ।

तर, काभ्रेको नागिडाँडामा विमानस्थल निर्माणका लागि कुनै अध्ययन भएको छैन् । यसैगरी पर्यटकीय गन्तव्य, मौसमको अवस्था र उडानको अवस्था, नजिकको विमानस्थलको दुरी, यात्रु तथा व्यवसायिक दृष्टिकोणले विमानस्थल सञ्चालन आउन सक्ने वा नसक्ने विषयमा अध्ययन हुनपर्छ ।

यसैगरी विमानस्थ मापदन्ड २०७३ मा धावनमार्ग र विमानस्थलको अन्य आवश्यक संरचना बनाउने क्षेत्रको अवस्थिति, धावनमार्गमा सहज हिसाबले वायुयान अवतरण तथा उडान गर्न सक्निे वा नसकिने, कुन क्षमताको वायुयानको लागि उपयुक्त विमानस्थ बन्न सक्ने, जग्गा प्राप्तीको सम्भाव्यता, जग्गाको भौगोलिक र धरातलीय अवस्था, अनुमानित लागत र सामाजिक, आर्थिक, पर्यटकीयमध्ये कुन अवस्थाले विमानस्थल आवश्यक र उपयुक्ता हुन विषयमा अध्ययन हुनपर्छ ।

तर, कुनै सम्भाव्यता अध्ययन बिना मन्त्री अधिकारी विमानस्थल जसरी पनि निर्माृण हुने बताउँदै आएका छन् । यतिमात्रै होइन मन्त्री अहधिकारीले विमानस्थल निर्माण पछि सञ्चालन नभइ असफल भए आफु मन्त्री पदमा समेत नबस्ने उदघोष गरेका छन् ।


क्लिकमाण्डू