लुम्बीनी विकास बैंकको सीइओमा नरेशसिंह बोहरा नियुक्त



काठमाडौं । लुम्बिनी विकास बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी बोहरालार्इ आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।

बोहरा हाल देवः विकास बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन् ।

बोहराले नेशनल नारायणी फाइनान्समा प्रमुख कार्यकारी अधिकृत र सनराइज बैंकको डेपुटी सीइओ भएर काम गरिसकेका छन् ।

त्यतिमात्रै होइन, उनीसँग नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, यूनार्इटेड फाइनान्समा काम गरेको अनुभव पनि छ । बोहराले बैंकिङ गरियर शुरु गरेको २१ वर्ष भयो ।

जेठ ४ गतेदेखि लागू हुनेगरी यस बैंकमा झलकप्रसाद खनालले राजीनामा दिएपछि उक्त पद खाली भएको थियो ।


पुष्प दुलाल