बेकरी बनाउन सिक्दै महिला




काठमाडौं । असहाय, पिछडिएका र निम्न बर्गकामहिलालाई डीडी बेकरीले बेकरीका परिकार बनाउने तालिम प्रदान गर्दै आएको छ । बेकरीले बेकरी तालिम सहित उनीहरुलाई ‘जेन्डर लिडरसिप वर्कसप’ समेत सञ्चालन गरेको छ ।

वर्कसप तीन दिने सञ्चालन भएको थियो । वर्कसपमा लैंगिक समानता, महिलाको आर्थिक शसक्तीकरण लगायत विषयमा प्रशिक्षण दिईएको थियो ।

दक्षिण कोरियाको दातृ निकाय कोइकाको आर्थिक सहयोगमा दक्षिण कोरियाकै ‘एसियावुमनब्रिज डु रन डु रन’ संस्था र एकता बहुउदेश्यीय सहकारी संस्थाले तीन वर्षदेखि महिलालाई बेकरी बनाउने तालिमदिँदै आएको छ ।

हालसम्म पाँचवटा ब्याचको तालिम सकेर कामगरिरहेको डीडी बेकरीले जनाएको छ । हरेक ब्याचमा १५ देखि २० जनासम्मलाई तीन महिना बेसिक र त्यसपछि तीनमहिना एडभान्स तालिमदिइने गरेको छ ।


क्लिकमान्डु