भक्तपुरमा १७३ रोपनी जग्गा खाली गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सूचना




काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भक्तपुरमा रहेको १७३ रोपनी जग्गा खाली गर्न सूचना जारी गरेको छ ।

मध्यपुरठिमी नगपालिका वडा नम्बर २ को १ सय ७३ रोपनी जग्गा खालि गर्ने सूचना गरेको छ ।

कार्यालले बुधबार सूचना प्रकाशन गरी ३५ दिन भित्र प्राधिकरणको जग्गामा रहेको सबै प्रकारको संरचना हटाउन भनेको छ ।

ठिमी दिब्येश्वरमा रहेको १७३ रोपनी जग्गा ठेकेदार विजय शंखर प्रधानाङ्गले कृषिवाली प्रयोजनका लागि भडामा लिएका थिए । ठेक्का सम्झौता सकिएपछि पनि प्रधानाङ्गले जग्गा प्रयोग गरिरका थिए ।

जग्गाको भाडाको समय थप्ने वा नथप्ने भन्ने विवदा अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनले २०७३ मंसिरमा कार्यालयले भाडा समय थप्न बाध्य नहुने फेसाल गरेपनि प्रधानाङ्गले जग्गा खाली गराएका थिएन् ।

त्यसपछि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत २०७४ कात्तिकमा जग्गा तत्काल खालि गराउन र भाडामा नलाउन विमानस्थल कार्यालयलाई निर्देशन भएको थियो । बारम्बार जग्गा खाली गराउन ठेकेदारलाई पत्रचार गरेपनि जग्गा खाली गर्न प्रधानाङ्गले अटेरी गरेको कार्यालयको भनाइ छ ।


क्लिकमान्डु