बजेटमा ३ नम्बर प्रदेशः काठमाडौंले साढे ५ अर्ब बजेट पाउँदा रसुवालाई ७४ करोड




काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि ल्याएको बजेटमा प्रदेश नम्बर ३ का लागि १६ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बजेट छुटाएका छन् । यो प्रदेशमा १३ वटा जिल्ला छन् ।

सो बजेटमा प्रदेश नम्बर ३ का जिल्लाहरुमा सबैभन्दा बढी बजेट पाउने काठमाडौं जिल्ला भएको छ । काठमाडौं ५ अर्ब ४१ करोड रुपैयाँ बजेट केन्द्र सरकारबाट पाएको छ । यस्तै सो प्रदेशमा सबैभन्दा कम बजेट पाउने रसुवा जिल्ला छ । रसुवाले ७४ करोड ४४ लाख रुपैयाँ मात्रै बजेट पाएको छ ।

सिन्धुली जिल्लाका लागि २ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ बजेट छुटाइएको छ । सो जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।

कमलामाई नगरपालिकाको लागि ५७ करोड ८२ लाख रुपैयाँ र दधौली नगरपालिकाका लागि ४४ करोड ३५ लाख रुपैयाँ बजेट छुटाइएको हो ।

यस्तै गोलन्जोर गाउँपालिकाको लागि २१ करोड ७५ लाख रुपैयाँ, घ्याङलेख गाउँपालिकाको लागि १४ करोड २२ लाख रुपैयाँ, तीनपाटन गाउँपालिकाको लागि ३३ करोड ६३ रुपैयाँ, फिक्कल गाउँपालिकाको लागि १९ करोड ६५ लाख रुपैयाँ, मरिन गाउँपालिकाको लागि २१ करोड ६९ लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको लागि २३ करोड ६८ लाख रुपैयाँ र हरिहरपुरगढी गाउँपालिकाको लागि २० करोड ९१ लाख रुपैयाँ बजेट छुटाइएको हो ।

रामेछाप जिल्लाका लागि २ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

मन्थली नगरपालिकाको लागि ५० करोड ८८ लाख रुपैयाँ र रामेछाप नगरपालिकाको लागि ३७ करोड ५७ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

उमाकुण्ड गाउँपालिकाको लागि २२ करोड ६६ लाख रुपैयाँ, खाँडादेवी गाउँपालिकाका लागि ३३ करोड १८ लाख रुपैयाँ, गोकुलगङ्गा गाउँपालिकाका लागि २५ करोड ६८ लाख रुपैयाँ, दोरम्बा गाउँपालिकाका लागि २५ करोड ८४ लाख रुपैयाँ, लिखु तामाकोशी गाउँपालिकाका लागि २८ करोड ३४ लाख रुपैयाँ र सुनापति गाउँपालिकाका लागि २४ करोड ५३ लाख रुपैयाँ बजेट छुटाइएको हो ।

दोलखा जिल्लाका लागि २ अर्ब ४२ करोड ९१ लाख रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।

जिरी नगरपालिकाका लागि २३ करोड ८४ लाख रुपैयाँ र भिमेश्वर नगरपालिकाका लागि ४१ करोड २ लाख रुपैयाँ बजेट छुटाइएको हो ।

यस्तै कालिन्चोक गाउँपालिकाका लागि २९ करोड ८४ लाख रुपैयाँ, गौरीशंकर गाउँपालिकाका लागि २२ करोड ४१ लाख रुपैयाँ, तामाकोशी गाउँपालिकाका लागि २६ करोड ९१ लाख रुपैयाँ, वैतेश्वर गाउँपालिकाका लागि २४ करोड ७९ लाख रुपैयाँ, मेलुङ्ग गाउँपालिकाका लागि २७ करोड ४३ लाख रुपैयाँ, विगु गाउँपालिकाका लागि २३ करोड ७३ लाख रुपैयाँ र शैलुङ्ग गाउँपालिकाका लागि २२ करोड ९४ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

सिन्धुपाल्चोक जिल्लाका लागि २ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा ३ नगरपालिका र ९ गाउँपालिका रहेको छन् ।

चौतारा सागाचोकगढी नगरपालिकाका लागि ५० करोड २३ लाख रुपैयाँ, मेलम्ची नगरपालिकाका लागि ४४ करोड १३ लाख रुपैयाँ र बाह््रविसे नगरपालिकाका लागि २८ करोड २५ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

यस्तै इन्द्रावती गाउँपालिकाका लागि ३१ करोड ७४ लाख रुपैयाँ, जुगल गाउँपालिकाका लागि २१ करोड ७० लाख रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिकाका लागि १७ करोड २५ लाख रुपैयाँ, पाँचपोखरी गाउँपालिकाका लागि २२ करोड २७ लाख रुपैयाँ, बलेफी गाउँपालिकाका लागि २१ करोड ७५ लाख रुपैयाँ, भोटेकोशी गाउँपालिकाका लागि १५ करोड ३४ लाख रुपैयाँ, लिसंखुपाखर गाउँपालिकाका लागि १९ करोड ११ लाख रुपैयाँ, स्ुनकोशी गाउँपालिकाका लागि २३ करोड ४७ लाख रुपैयाँ र हेलम्बु गाउँपालिकाका लागि २० करोड २६ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

रसुवा जिल्लाका लागि ७४ करोड ४४ लाख रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा ५ गाउँपालिका रहेका छन् । उत्तरगया गाउँपालिकाका लागि १५ करोड ५४ लाख रुपैयाँ, कालिका गाउँपालिकाका लागि १५ करोड ६७ लाख रुपैयाँ, गोसाईकुण्ड गाउँपालिकाका लागि १६ करोड ३४ लाख रुपैयाँ, नौकुण्ड गाउँपालिकाका लागि १५ करोड ८१ लाख रुपैयाँ र आमाछोदिङ्मा गाउँपालिकाका लागि ११ करोड ८ लाख रुपैयाँ बजेट छुट्याइएको हो ।

धादिङ जिल्लाका लागि ३ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा २ नगरपालिका र ११ गाउँपालिका रहेका छन् ।

धुनीबेँसी नगरपालिकाका लागि २८ करोड ७४ लाख रुपैयाँ र निलकण्ठ नगरपालिकाका लागि ५३ करोड ३८ लाख रुपैयाँ बजेट छुटाएको छ ।

खानियाबास गाउँपालिका १४ करोड ८४ लाख रुपैयाँ, गङ्गाजमुना गाउँपालिका २५ करोड १४ लाख रुपैयाँ, गजुरी गाउँपालिका २७ करोड ५० लाख रुपैयाँ, गल्छी गाउँपालिका २४ करोड ६७ लाख रुपैयाँ, ज्वालामूखी गाउँपालिका २६ करोड ३३ लाख रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिका २८ करोड ८२ लाख रुपैयाँ, थाक्रे गाउँपालिका ३० करोड २५ लाख रुपैयाँ, नेत्रावती गाउँपालिका १५ करोड ९१ लाख रुपैयाँ, बेनीघाट रोराङ्ग गाउँपालिका ३३ करोड ५१ लाख रुपैयाँ, रुवी भ्याली गाउँपालिका ११ करोड ६९ लाख रुपैयाँ र सिद्धलेक गाउँपालिकाका लागि २६ करोड ६३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

नुवाकोट जिल्लाका लागि २ अर्ब ५४ करोड ४३ लाख रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा २ नगरपालिका र १० गाउँपालिका रहेका छन् ।

विदुर नगरपालिकाका लागि ४६ करोड २३ लाख रुपैयाँ र बेलकोटगढी नगरपालिकाका लागि ३३ करोड ४६ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

यस्तै ककनी गाउँपालिका २३ करोड ७६ लाख रुपैयाँ, किस्पाङ गाउँपालिका १५ करोड ३१ लाख रुपैयाँ, तादीगाउँ गाउँपालिका १७ करोड ४४ लाख रुपैयाँ, तारकेश्वर गाउँपालिका १५ करोड ८१ लाख रुपैयाँ, दुप्चेश्वर गाउँपालिका १९ करोड ३५ लाख रुपैयाँ, पञ्चकन्या गाउँपालिका १५ करोड ९ लाख रुपैयाँ, मेघाङ गाउँपालिका १४ करोड ६५ लाख रुपैयाँ, लिखु गाउँपालिका १६ करोड ५० लाख रुपैयाँ, शिवपुरी गाउँपालिका २१ करोड ६९ लाख रुपैयाँ र सुर्यगढी गाउँपालिकाका लागि १५ करोड १४ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

काठमाडौं जिल्लाका लागि ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा १ महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् ।

काठमाडौं महानगरपालिकाका लागि १ अर्ब ७८ करोड ४ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

यस्तै काठमाडौंका कागेश्वरी मनोहरा नगरपालिका ३४ करोड ७ लाख रुपैयाँ, किर्तिपुर नगरपालिका ३७ करोड ६३ लाख रुपैयाँ, गोकर्णेश्वर नगरपालिका ४२ करोड ७६ लाख रुपैयाँ, चन्द्रगिरी नगरपालिका ४७ करोड ७६ लाख रुपैयाँ, टोखा नगरपालिका ३८ करोड ६६ लाख रुपैयाँ, तारकेश्वर नगरपालिका ४० करोड ७५ लाख रुपैयाँ, दक्षिणकाली नगरपालिका २३ करोड ३३ लाख रुपैयाँ, नागार्जुन नगरपालिका ३४ करोड ६५ लाख रुपैयाँ, बुढानिलकण्ठ नगरपालिका ४१ करोड ९ लाख रुपैयाँ र शंखरापुर नगरपालिकाका लागि २३ करोड ५२ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

ललितपुर जिल्लाका लागि २ अर्ब २२ करोड रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिका रहेका छन् ।

ललितपुर महानगरपालिकाका लागि ८९ करोड ७८ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

यस्तै ललितपुरको गोदावरी नगरपालिकाका लागि ४७ करोड ८० लाख र महालक्ष्मी नगरपालिकाका लागि २८ करोड ४८ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

ललितपुर जिल्लाका कोन्ज्योसोम गाउँपालिकाका लागि १४ करोड ५१ लाख रुपैयँ, बाग्मती गाउँपालिकाका लागि २० करोड २० लाख रुपैयाँ र महाङ्काल गाउँपाकिलाका लागि २१ करोड २३ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

भक्तपुर जिल्लाका लागि १ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा ४ नगरपालिका रहेका छन् ।

चाँगुनारायण नगरपालिकाका लागि ४६ करोड ८९ लाख रुपैयाँ, भक्तपुर जगरपालिकाका लागि ४९ करोड ६१ लाख रुपैयाँ, मध्यपुर थिमी नगरपालिकाका लागि ३६ करोड ३८ लाख रुपैयाँ र सूर्यविनायक नगरपालिकाका लागि ४० करोड १६ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

काभ्रेपलान्चोक जिल्लाका लागि ३ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बजेट छुटाइएको छ । जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका छन् ।

धुलिखेल नगरपालिका ३० करोड ९१ लाख रुपैयाँ, नमोबुद्ध नगरपालिका २७ करोड २५ लाख रुपैयाँ, पनौँती नगरपालिका ३३ करोड ७३ लाख रुपैयाँ, पाँचखाल नगरपालिका २८ करोड ६० लाख रुपैयाँ, बनेपा नगरपालिका ३७ करोड ९५ लाख रुपैयाँ र मण्डनदेउपुर नगरपालिकाका लागि २६ करोड २६ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै खानीखोला गाउँपालिका १३ करोड ७९ लाख रुपैयाँ, चौँरीदेउराली गाउँपालिका २५ करोड ३७ लाख रुपैयाँ, तेमाल गाउँपालिका २१ करोड ५१ लाख रुपैयाँ, बेथानचोक गाउँपालिका १८ करोड ४३ लाख रुपैयाँ, भुम्लु गाउँपालिका २० करोड ३३ लाख रुपैयाँ, महाभारत गाउँपालिका १६ करोड ४९ लाख रुपैयाँ र रोशी गाउँपालिकाका लागि २८ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइएको हो ।

मकवानपुर जिल्लाका लागि २ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । जिल्लामा १ उपमहानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिका रहेका छन् ।

हेटौँडा उपमहानगरपालिकाका लागि ८४ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । थाहा नगरपालिकाका लागि २९ करोड २३ लाख रुपैयाँ बजेट छुटाइएको छ ।

यस्तै इन्द्रसरोवर गाउँपालिका १२ करोड ८७ लाख रुपैयाँ, कैलाश गाउँपालिका १८ करोड ६७ लाख रुपैयाँ, बकैया गाउँपालिका २९ करोड ४६ लाख रुपैयाँ, बाग्मती गाउँपालिका २२ करोड २७ लाख रुपैयाँ, भिमफेदी गाउँपालिका २२ करोड ५७ लाख रुपैयाँ, मकवानपुरगढी गाउँपालिका २१ करोड ६३ लाख रुपैयाँ, मनहरी गाउँपालिका २४ करोड ३९ लाख रुपैयाँ र राक्सिराङ्ग गाउँपालिकाका लागि २० करोड ११ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

चितवन जिल्लाका लागि ३ अर्ब १७ करोड ६० लाख रुपैयाँ बजेट छुटाइएको छ । चितवनमा १ महानगरपालिका, ५ नगरपालिका र १ गाउँपालिका रहेका छन् ।

भरतपुर महानगरपालिकाका लागि १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

कालिका नगरपालिका २७ करोड ८३ लाख रुपैयाँ, खैरहनी नगरपालिका ३२ करोड २१ लाख रुपैयाँ, माडी नगरपालिका ३० करोड ३५ लाख रुपैयाँ, रत्ननगर नगरपालिका ४४ करोड ८० लाख रुपैयाँ र राप्ती नगरपालिकाका लागि ३६ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याइएको हो ।

यस्तै चितवनको इच्छाकामना गाउँपालिकाका लागि २२ करोड १५ लाख रुपैयाँ छुटाइएको छ ।


क्लिकमान्डु