डिस होमको रामाइलो टिभीमा नेपाल आइडल जस्तै रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ प्रसारण हुने



काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रियता कमाएको नेपाल आइडलजस्तै अर्न्तराष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ कार्यक्रम सञ्चालनमा आउने भएको छ । नेदरल्याण्डको चर्चित दि भ्याइस कार्यक्रमको फ्रेञ्चाइज नेपालमा भने डिशहोमको रमाइलो टिभीबाट प्रसारण हुने भएको हो ।

डिसहोमको रमाइलो च्यानलबाट उक्त कार्यक्रम प्रसारण गनएका लागि बिहिबार राजधानीमा एक कायक्रम गरि सम्झौता गरिएको छ । सम्झौतापत्रमा डिसहोमका प्रमुख कायृकारी अधिकृत सुदीप आर्चाय र एडिरिलिजका मार्केटिङ् म्यानेजर दिपक कोइरालाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार साउन पहिलो सातादेखि भ्यावइ अफ नेपाल प्रसारणमा आउने छ । उक्त रियालीटी सो ३० भागको हुनेछ ।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत आर्चायले रमाइलो टिभीमार्फत भ्वाईस अफ नेपालजस्तो लोकप्रिय कार्यक्रम प्रसारण गर्न पाएकोमा खुसी व्यक्त गरे ।
९० प्रतिशत टिभी डिशहोमबाट चल्ने भएकाले यो कार्यक्रमले ठूलो लोकप्रियता पाउने विश्वास गरिएको छ ।

भ्वाइस अफ नेपाल कार्यक्रमको छायांकनका लागि महाराजगञ्जस्थित धुम्बाराहीमा नेपालकै ठूलो र सुविधासम्पन्न स्टुडियो बनाइसकिएको कार्यक्रममा जानकारी गराइयो । केही समयदेखि नै छायांकन सुरु हुने पनि कार्यक्रममा जानकारी दिइयो ।

दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रमाइलो टिभी सञ्चालनमा आएको ८ महिना मात्रै भयो । डिसहोमको माध्यमबाट भने धेरै एचडी सहितका टिभी च्यानलहरु प्रसारण हुँदै आएका छन् । डिस होम नेपालको नम्बर वान टेलिभिजन सेवा प्रदायक कम्पनी हो ।


पुष्प दुलाल