स्वास्थ्य क्षेत्रको ५६ अर्ब ९७ करोड
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ९७ करोड करोड रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ । विभिन्न कार्यक्रममा उक्त रकम खर्च गर्नका लागि सो बजेट बिनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
मन्त्री खतिवडाले निजी अस्पतालको सहयोगमा प्रत्येक स्थानीय तहमा घुम्ती अस्पताल सञ्चालन गर्ने जनाएका छन् ।
चालू आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड बजेट थियो ।