काठमाडौं उपत्यकाका सबै सवारी रुट साउनदेखि खाली, पहिला आउनेलाई रोजेको रुट




काठमाडौं । यातायात व्यस्था विभागले अब राजधानीमा नयाँ सवारी रुट कायम गर्ने भएको छ । विभागले एसियाली विकास बैंकको सहयोगमा राजधानीका सडकको रुट तय गरेको हो ।

विभागले राजधानीका सडकलाई सवारी साधन तथा यात्रुको चाप र सडकको अवस्था अध्ययन गरेर तीन भागमा विभाजन गरेको छ ।

विभागका सडक सुरक्षा तथा व्यवस्थापन शाखाका सिभिल इन्जिनियर केशव आचार्यका अनुसार राजधानीका सडकलाई प्राईमरी, सेकेण्डरी र टेरिटरी गरी तीन भागमा विभाजन गरिएको छ ।

विभागले यात्रु तथा सवारी चाप धेरै हुने स्थानका आठ वटा सडकलाई प्राईमरी रुट अन्र्तगत राखेको छ । प्राईमरी रुटमा ठूला यात्रुवाहक सवारी साधान सञ्चालनलाई पहिलो प्राथमिकता दिईने आचार्याले बताए । अध्ययनमा प्राईमरी सडकमा साढे तीन हजार भन्दा धेरै बस सञ्चाल गर्न सकिने उल्लेख गरिएको छ ।

त्यस्तै सेकेण्डरी रुटमा प्राईमरी रुटमा जोडिने शाखा सडक र प्राईमरी सडक हुँदै जाने आन्तरिक रुटलाई राखिएको छ । विभागले राजधानीका विभिन्न १६ वटा सकडलाई सेकेण्डरी रुट अन्तर्गत राखेको छ । सेकेण्डरी रुटमा मझौला सवारी साधन सञ्चालनमा बढि जोड दिईने आचार्याले जानकारी दिए ।

यसका अलवा विभागले २५ वटा टेरिटोरी रुट तय गरेको छ । टेरीटोरी रुटमा प्राईमरी र सेकेण्डरी रुटमा जोड्ने आन्तरिक सडक तथा प्राइमरी रुट अन्र्तगतका साना सडकलाई राखिएको छ । अहिले मुल सडकमा सञ्चालन भईरहेका माईक्रोबस र टेम्पो जस्ता सवारी साधनलाई अब यो रुटमा सञ्चालन गरिने छ ।

विभागले आगामी साउनदेखि यही रुट प्रणाली अन्तर्गत सवारी साधन सञ्चालन गर्ने तयारी पनि गरेको छ । समितिमा रहेका यातायात व्यवसायीलाई विभागले असार मसान्त भित्र कम्पनीमा दर्ता हुन निर्देशन दिइसकेको छ । सबै व्यवासायी कम्पनी अन्तर्गत दर्ता भएपछि सवारी साधन हेरेर तोकिएको रुटमा सञ्चालन गर्न अनुमति दिने तयारीमा विभाग रहेको छ ।


क्लिकमान्डु