नेकपाका सांसदलाई ओलीको प्रश्नः किन नुन खाएको कुखुराजस्तो हुनुभयो ?



काठमाडौं ।  मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुलाई प्रधानमन्त्री केपी ओलीले बैठकका लागि बोलाइयो । वैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सांसद भेला भएका थिए ।

प्रधानमन्त्री एवं नेकपाका संसदीय दलका नेता केपी शर्मा ओलीले बैठकमा सहभागी भएका सांसदलाई विगतमा भन्दा कडा निर्देशन दिए । उनले दुई तिहाई जनमत भएका सांसदहरुको भूमिका संसद्मा प्रभावकारी नभएकोमा गुनासो गरेका थिए ।
यति धेरै सांसद हुँदा पनि तपाईहरु किन रक्षात्मक, के ले रोकेको छ ,किन तपाईहरु नुन खाएको कुखुरा जस्तो भएको ? प्रधानमन्त्रीले प्रश्न गरे । उनले त्यति मात्रै भनेनन् नजानेको कुरा स्क्निुस, थाहा पाएका सँग सोध्नुस । सिक्दा कोही पनि सानो हुँदैन ।

तपाईँहरु प्रति जनताको ठूलो अपेक्षा छ । तपाईँहरुलाई जनताले नजिकबाट नियालीरहेका छन् । रक्षात्मक हुने छुट तपाईहरुलाई छैन ।

प्रधानमन्त्रीले थप जोड दिदै भने नजानेको कुरा राखेर , विपक्षीको हासी मजाकको पात्र बने स्वीकार्य हुन सक्दैन ।

तपाईहरुलाई त्यो छुट दिन सकिदैन । प्रधानमन्त्रीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही विषय छुटेको स्वीकार गरे । गर्न सकिने जति काम समावेश गरिएको छ । नसकिने कामलाई यस पटक राखिएको छैन ।

तपाईहरुको पृष्ठभूमि फरक फरक छ , तत्कालीन माओवादीबाट आएकाले एमालेबाट सिक्नुस । एमालेकाले माओवादीबाट सिक्नुस । जनताको पक्षमा बोल्नुस, । उनीहरुको समस्यालाई सदनमा स्पष्टसँग राख्नुस । तपाईहरुले उठाएको समस्या सरकारले सम्बोधन गर्छ । त्यसबाट जनतालाई फाइदा त हुन्छ ने, त्यो भन्दा बढी फाइदा तपाईहरुलाई हुन्छ नै ।

उनले पार्टीको घोषणापत्रका आधारमा बजेट बन्ने समेत खुलासा गरे । उनले भने निर्वाचनको समयमा जनतासग गरिएको प्रतिवद्धताअनुसार बजेट आउँछ । त्यसैको तयारीमा छौ हामी ।
प्रधानमन्त्री भन्दा पहिले बोलेका नेकपाका अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई असफल हुने, नराम्रो काम गर्ने कुनै पनि छुट नभएको बताए । उनले सरकारको गतिविधिलाई बढावा दिन आग्रह गरे ।

सरकार गठन भएको १०० दिन पुग्यो । नीति तथा कार्यक्रम आएको छ । त्यसमा सबै विषय समेटिन सकेको छैन । तर बजेटमा जनताको अपेक्षा समेटिनु पर्छ । सरकारको डेलीभरी जनअपेक्षित देखिएन कि भन्ने आलोचना पनि सुरु भएको छ । केही मन्त्रीले राम्रै काम गर्नुभएको छ । अब एक दुई जना मन्त्रीले मात्रै होइन, सबै मन्त्रीको भूमिका प्रभावकारी हुनु पर्यो । जनताले स्मरण गर्ने खालको काम गर्नुप¥यो ।

जनतालाई सेवा सुविधा दिइनु प¥यो । उनले सेवाग्राहीको बढी भीड हुने स्थानमा विचौलियाको बिगबिगी बढेकोमा समेत गुनासो गरे । त्यसलाई नियन्त्रण गर्नुप¥यो । जिम्मेवार कर्मचारीको व्यवस्था गर्नुप¥यो । परिणाम निकाल्नेलाई जिम्मा दिनुप¥यो ।


क्लिकमान्डु