पोखराको लेखनाथमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ शाखा कार्यालय पोखरामा सुरु गरेको छ ।

कम्पनीको संस्थागत शेयरधनी सांग्रिला बिकास बैंकका अध्यक्ष डा. रबिन्द्र श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरी कारोबारको शुरु गरेका हुन् ।

कार्यक्रममा उनले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने बताए । ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौँ, जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौँ,’ उनले भने ।

अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित कम्पनी लागेको उनले बताए । डा. श्रेष्ठले कम्पनीले व्यवसायीक उचाई हासिल गर्ने विश्वास व्यक्त गरेको बताए ।

२ अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ४० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने कम्पनीले जानकारी दिएको छ ।


पुष्प दुलाल