मकालु एयरको जहाज दुर्घटनामा दुबै ‘पाइलटको मृत्यू’



काठमाडौं । मकालु एयरको कार्गो जहाज दुर्घटनामा चालक दलका दुबै सदस्यको मृद्ययू भएको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार पाइलट चालक दलका पाइलट र कोपाइलट किरण भट्टराई र आदित्य नेपाली दुबै जनाको मृत्यू भएको हो ।

बिहान ६ः१० बजे सुर्खेतदेखि सिमिकोटका लागि उँडेको जहाज ४ घन्टापछि साढे १० बजेतिर हुम्लाको बाहुनखर्कस्थित खार्पुनाथ गाउँपालिको वडा नं. २ को रायाथाली भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

१२ हजार ८ सय ५० फिटको उचाइमा उँडिरहेको जहाज खराब मौसमका कारण ठोक्किएर जहाज दुर्घटना भएको थियो ।


पुष्प दुलाल