भारतीय कम्पनीलाई नेपालमा बीमा गर्न दिँदैनौं: अर्थमन्त्री



सीमावर्ती क्षेत्रमा बीमाको कारोबार असीमित मात्रामा भइरहेको हामीले अनुभव गरेका छौं । विभिन्न स्किम भएर । हाम्रा बीमा कम्पनीहरु नपुग्ने तर छिमेकीका बीमा कम्पनीहरु घरघरमा पुग्ने अवस्थाको अब छिट्टै अन्त्य हुन्छ । यसका लागि बीमा समितिले १ वर्ष भित्रको कार्ययोजना बनाएर अघि बढोस् ।

कमसेकम नेपालभित्र विदेशी बीमा कम्पनीहरुको बीमा पोलिसी किन्नु गैरकानूनी हो भनेर सीमावर्ती क्षेत्रमा बोर्ड राख्नुपर्ने बेला भएको छ । यस्तो कारोबार गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । किनभने त्यो गैरकानूनी हो । त्यसैगरी, कसैकसैले त राज्यले बीमा गरेन, हामी नै गर्छौं भनेर नेटवर्किङ बिजनेश पनि चलाइदिनु भयो । यदि कसैले नेटवर्किङको माध्यमबाट बीमा गर्छौं भनिरहनुभएको छ भने म भन्न चाहन्छु, कानूनका हात लामा छन् । हामी कारबाहीको दायरामा ल्याउँछौं । यो कुरा विर्सनु हुँदैन । बीमा समिति नियामक संस्था भएकाले त्यो हेरोस् ।

बीमाको विषयमा मेरा २/३ वटा दृष्टिकोण छन् । हामी वस्तु र सेवाको व्यापार गर्छौं । बीमा पनि एउटा सेवाको व्यापार हो । यो सेवा आयात पनि हुन्छ । र, निर्यात पनि हुन्छ । हामी बीमाको सेवा अलि बढी नै आयात गरिरहेका छौं, पुनर्बीमामार्फत् । अब बीमाको सेवा निर्यात गर्नुपर्छ, पुनर्बीमामार्फत । त्यसो हुनाले पुनर्बीमा कम्पनीलाई अलि बलियो बनाउनु छ । पुनर्बीमा कम्पनीलाई बलियो बनाउन बीमा कम्पनीहरुको पनि भूमिका हुन्छ । मलाई लाग्छ, यहीँका बीमा कम्पनीहरु पुनर्बीमा कम्पनीको सेयरहोल्डर पनि हुनुहुन्छ । तपाईंहरु सबैले बीमा सेवा आयात गर्ने होइन, बीमा सेवा निर्यात गर्नेगरी काम गर्नुपर्यो ।

बीमा समितिलाई मेरो प्रश्न छ- बीमा गर्नेको संख्या २५ प्रतिशत कति वर्षमा पुर्याउनु हुन्छ ? २ वर्षमा, ३ वर्षमा, ४ वर्षमा ? त्यो भन्दा बढी समय नलिनुहोला । र, सम्पूर्ण बीमा कारोबारमा १० प्रतिशत लघुबीमा गर्न सक्यौं भनेर मलाई कहिले सुनाउनुहुन्छ ?

व्यापार घाटा भनेर हामीले कराइरँहदा सेवाको घाटालाई हामीले हेर्न सकिरहेका छैनौं । वित्तीय सेवामा पनि घाटा, पर्यटन सेवाा पनि घाटा, यातायात सेवामा पनि घाटा, शिक्षा-स्वास्थ्य सेवामा पनि घाटा अनि हामीचाहीँ व्यापार घाटाको मात्रै कुरा गरेर हाम्रो मुलुकले भोगेको घाटाको कथा पूर्ण हुँदैन । त्यसो हुनाले वित्तीय सेवा नाफामा जान सकोस्, यसतर्फ बीमा समितिले काम गरोस् ।

अर्को एउटा कुरा जीबन बीमा गर्नेकोहरु १० प्रतिशत मात्रै छन् । लघुबीमाको दायरामा बीमा पोलिसीको कति प्रतिशत कभर भएको छ, त्यो तथ्यांक चाहिँ आएन । बीमा समितिलाई मेरो प्रश्न छ– कमसेकम जीबन बीमा गर्नेको संख्या २५ प्रतिशत कति वर्षमा पुर्याउनु हुन्छ ? २ वर्षमा, ३ वर्षमा, ४ वर्षमा ? त्यो भन्दा बढी समय नलिनुहोला । र, सम्पूर्ण बीमा कारोबारमा १० प्रतिशत लघुबीमा गर्न सक्यौं भनेर मलाई कहिले सुनाउनुहुन्छ ? त्यो दिन मैले धन्यबाद दिन्छु ।

आवश्यक पर्दा बजारमा हस्तक्षेप गर्न पनि तयार भएको सरकार हो यो कुार तपाईंहरुले बुझ्नुपर्छ । हामी रमितामात्रै हेरेर बस्दैनौं ।

सरकार बीमामा प्रिमियम दिइरहने, लघु बीमालाई प्रोत्साहित गरिरहने, बीमा समितिका साथीहरुले धेरै ध्यान नदिने, नियामक निकायले त्यसलाई इन्फोर्स गर्न नसक्ने प्रणालीको अन्त्य हुन्छ अब । लघु कर्जाको कुरालाई हामीले ३ बाट ५ प्रतिशत पुर्याइरहँदा निकै कठिन नै भएको थियो । तर, अहिले ५ प्रतिशतभन्दा माथि लघुकर्जा गएको छ भन्ने मलाई लाग्छ । बीमामा पनि त्यो हेर्न पाउँ ।

बजारले नै स्वतस्फूर्तरुपमा हाम्रो आवश्यकतालाई महशुस गरेर गयो । र, लघु बीमालाई अघि बढायो भने हाम्रो भन्नु केही छैन । तर, आवश्यक पर्दा बजारमा हस्तक्षेप गर्न पनि तयार भएको सरकार हो यो कुार तपाईंहरुले बुझ्नुपर्छ । हामी रमितामात्रै हेरेर, यो फस्टाउला ता नि, होला ता नि भनेर बस्दैनौं । आम जनतालाई बालीदेखि उत्पादनदेखि, आफ्नो जीबनसम्म बीमा गर्ने कुरामा हामी कुनैपनि कदम चाल्न सक्छौं । हामी बजारलाई स्वतन्त्ररुपमा काम गर्न दिन्छौं । प्रोत्साहित गर्छौं । अलि बढी फोर्र्स पनि गर्छौं । होइन भने त्यो भन्दा पछाडिको स्टेपमा पनि जानुपर्ने हुन्छ । हाम्रो कार्यशैली त्यो प्रकारको हुन्छ भनेर यहाँहरुले बुझिदिनु होला ।

नयाँ संस्थाहरु आउनुभएको छ तपाईंहरुले आफ्नो औचित्य स्थापित गरेर देखाउनुहोस् कि बीमा व्यवसायमा अझै अबसर छ भनेर ।

बीमा ब्यवसाय प्रतिस्पर्धी भएको छ । हामीले एउटा गल्ती के नगरौं भने धेरै संस्था आउँदा सेवा गहन हुन्छ, प्रतिस्पर्धी हुन्छ, सेवा विस्तार भएर गाउँगाउँसम्म पुग्छ भन्ने कुरा बैंकिङ क्षेत्रको लाइसेन्स बाँडेपछि हामीले देख्यौं । यो हुँदो रहेनछ । त्यहीँ भिँडभाड हुँदो रहेछ ।

त्यहीँ केन्द्रिकृत हुँदोरहेछ । केही न केही विकेयिन्द्रकृत गर्ने कुरा गरेनौं भने अन्ततोगत्वा मर्ज गर्नु पर्दोरहेछ । बीमा पनि त्यस्तै भएर बैंकिङ प्रणालीको इतिहास नदोहोर्याओस् । नयाँ संस्थाहरु आउनुभएको छ तपाईंहरुले आफ्नो औचित्य स्थापित गरेर देखाउनुहोस् कि बीमा व्यवसायमा अझै अबसर छ भनेर । मैले त्यो कुराको आशा गरेर बसेको छु ।

(बीमा समितिको ५०औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री खतिवडाले व्यक्त गरेको धारणा)


पुष्प दुलाल