सुर्खेतबाट सिमिकोट उँड्दा सम्पर्कबिच्छेद भएको मकालु एयरको जहाज बाजुरामा भेटियो



काठमाडौं । सुर्खेतबाट सिमिकोट उँडेको मकालु एयरको कार्गो जहाज अढाइ घन्टापछि भेटिएको छ । सामान बोकेर बुधबार बिहान ६ः१० बजे उँडेको जहाज साढे ८ बजेसम्म सम्पर्कमा आएको थिएन ।

यसरी सम्पर्कबिच्छेद भएको जहाजले बाजुरा एयरपोर्टमा आपतकालीन अवतरण गरेर सम्पर्कमा आएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

जहाजमा चालक किरण भट्टराई र आवृत्ति नेपाली मात्रै छन् । बिमानस्थल स्रोतका अनुसार चालक दलका दुवै सदस्य सकुशल छन् ।


पुष्प दुलाल